पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वि.सं.२०८२ जेठ १३ मंगलवार
1.7K
shares
shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी र प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।
उनीहरूले गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डी.पी.आर. तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा सार्वजनिक खरिद सम्बन्धी प्रक्रिया र नियम पालना नगरेको पाइएकाले आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।





























