नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्र बहादुर अधिकारी र रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

1.2K
shares

काठमाडौं ।नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी र रमेश आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार उनीहरूले हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.को ऋण प्रक्रिया सहज गरिदिने बहानामा घुस मागेका थिए। कम्पनीले नेपाल बैंकबाट ६ करोड रुपैयाँ ऋण लिन आवश्यक कागजात पेश गरेपछि कम्पनीका प्रतिनिधि राजमान तामाङले रमेश आचार्यमार्फत अधिकारीसँग सम्पर्क गरेका थिए। त्यसपछि अधिकारीले कुल ऋणको एक प्रतिशत अर्थात ६ लाख रुपैयाँ घुस मागेका थिए।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार अधिकारीले आफू र आचार्यलाई प्रयोग गरी फोन, एसएमएस र व्हाट्सएपमार्फत बारम्बार सम्पर्क गरेर घुस मागेका थिए। मागअनुसार पाँच लाख रुपैयाँ बराबरको चेक राजमान तामाङले रमेश आचार्यमार्फत अधिकारीलाई पठाएका थिए, जुन चेक २०८१ माघ २३ गते अधिकारीको घरबाट बरामद गरिएको आयोगले जनाएको छ।

घटना सम्बन्धी ठोस प्रमाण भेटिएको आधारमा अख्तियारले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

civil hospital
Hams Hospitals