नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुसकाण्डमा दोषी ठहर, १३ करोडभन्दा बढी सम्पत्ति शुद्धीकरण पुष्टि
वि.सं.२०८२ असार ६ शुक्रवार
shares
काठमाडौं ।नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई घुस लिएको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले आज उक्त फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा बस्नेत दोषी रहेको ठहर गरेको हो।
नेपाली कांग्रेसबाट दुईपटक निर्वाचित भएका मेयर बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको छ।
त्यस्तै, बस्नेतले घुसबापत प्राप्त रकम र त्यसबाट किनिएको जग्गा विभिन्न व्यक्तिलाई बिक्री वितरण गरी कुल १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको अदालतको आदेशमा उल्लेख छ।
घुस दिने राजुप्रसाद कँडेल र निलम्बित मेयर मोहन बस्नेत दुवैको सजाय निर्धारणका लागि असार १६ गते पेशी तोकिएको विशेष अदालतले जानकारी दिएको छ।यसैबीच, मुद्दामा संलग्न रहिएकी बस्नेतकी पत्नी उर्मिला बस्नेत भने निर्दोष प्रमाणित भएकी छन्।



























