गीतकार डा. दामोदर रेग्मीको गीतकारको कलम इ बुक सार्वजनिक

5.6K
shares

 

 

यस पुस्तकमा रेग्मीव्दारा रचित १० वटा लेखहरु समीक्षात्मक लेखहरु  र विशिष्ट साहित्यकारहरुको दृष्टमा गीतकार रेग्मी विषयका लेखहरु समावेश भएका छन् ।   समीक्षात्मक लेखहरुमा गीतकार  गोविन्द कुइकेलको जीवन, प्रेम र दर्शन बोकेका गीतकार डा. दामोदर रेग्मीको गीतिकला, दिनेश राज महर्जन “अंकुर” को सकारात्मकता, यथार्थ र संवेदनाको सन्तुलन गर्ने गीतकार डा. दामोदर रेग्मी, अमर अधिकारी को गीतकार डा. दामोदर रेग्मी र गीतहरु रहेका छन् । साथमा सेलिव्रेटि कलाकारले रुचाएका गीतकार डा. दामोदर रेग्मी ( कुराकानी) , जसको सामाजिक सञ्जाल डिजिटल पुस्तकालय बनेको छ( कुराकानी) र लेखकको कलमले समाजको आवाज बोल्नु पर्दछ( अन्तरवार्ता) समावेश रहेको छ । पुस्तकमा गोपी मैनालीको दामोदर रेग्मी: सिर्जना, समर्पण र सक्रियताको अविश्रान्त यात्री, नगेन्द्रराज रेग्मीको गीतजस्तै छन् गीतकार,  नेत्र सुवेदी “प्रयास” को कञ्चन नदी जस्तै छन् दामोदरका रचना , पुष्कर अथक रेग्मीको शोध, खोज, सोंच, ओज र अठोटमुखी गीतकार , केदार पनेरुको जीवनका अनुभव र भोगाई, प्रकृति,  प्रेम र भावनालाई सजीव ढंगले उतार्नु भएको छ, त्रिविक्रम पाण्डेको सन्देशमूलक एवम् प्रेरणादायी विचार उनका गीतहरुमा प्रशस्तै झल्किएका छन् ,  सुधिर थापाको भावानुभूतिको सघनता गीतकार रेग्मीको विशेषता , सरिता पराजुलीको बहु आयामिक व्यक्तित्वका धनी डा.दामोदर रेग्मी , विवेक शर्मा गौतमको कथाकारको दृष्टिमा गीतकार डा. दामोदर रेग्मी , भागवत खनालको शब्दका शिल्पकार डा. दामोदर, प्रभा शर्माको कुशल गीतकारलाई सेलिव्रेटी सर्जकहरुको दरिलो साथ,  रामहरि खड्काको कलम, मष्तिष्क र  हृदयलाई एकैसाथ कापीमा कुशलतापूर्वक उतार्ने गीतकार डा. दामोदर रेग्मी, प्रेम कटवालको दर्शक/श्रोताहरुको मन/मुटुमा अटल भएर बस्न सफल गीतकार डा. दामोदर रेग्मी, महेश भट्टराईको डा.दामोदर रेग्मी:  प्रशासनिक नेतृत्व, साहित्यिक सृजनशीलता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट समायोजन , डी. बी. लामाको मैले चिनेको कुशल गीतकार डा. दामोदर रेग्मी ,  कीर्ती न्यौपानेको गीतकार डा. दामोदर रेग्मीको जिन्दगीको पाठशाला र आनी छोइङको स्वरमा मेरा अनुभूतिहरु ,  धीरकुमार श्रेष्ठको शब्दका माध्यमबाट श्रोताको हृदय झङ्कृत पार्न सक्ने शब्दशिल्पी नै गीतकारको तहमा उक्लिन योग्य हुन्छन, निल प्रसाद रेग्मीको सकारात्मक सोच र नैतिक परिबर्तनको संबाहक हुन सकोस, खगराज बरालको जीवन–उत्साहमा केन्द्रित गीतहरु, प्रेमलकुमार खनालको नेपालको आर्थिक, सामाजिक एवं प्रशासनिक क्षेत्रमा दिशाबोध गर्ने सिद्धहस्तलेखक डा. दामोदर रेग्मी, कृष्णदेव रुपाखेतीको कलममा उच्चकोटीको भावना लुकेका र उच्चकोटीको शब्द छनोट,  कृष्ण नेपाल प्रितम (प्रितम नेपाल) को सुन्दर शब्द रचनामा चर्चित गायक गायिकाहरुको साथमा सदाबहार गीतहरुका सर्जक डा. दामोदर रेग्मी,  भरत प्रसाद बांस्कोटाको डा. रेग्मीमा धेरै सुन्ने र कम बोल्ने गुण र बोल्ने कुराहरु ओजिलो,  रामबाबु नेपालको बहुमुखी प्रतिभाका धनी डा. दामोदर रेग्मी, मातृका प्रसाद रेग्मीको डा. दामोदर रेग्मी सफल प्रशासक, शालीन ब्यक्तित्व, अनुसन्धानकर्ता र प्रभावशाली गीतकार, रमण भट्टराईको उहाँका गीतहरूमा जीवनका गहन भावनाहरू, प्रेरणादायी सन्देशहरू र नेपाली समाजको यथार्थ चित्रण पाइन्छ, शरद कुमार अधिकारीको डा. दामोदर रेग्मी एक आदर्श व्यक्तित्व ,  भगवती बन्जरा तिमिल्सिनाको निरन्तर मेहनतलेनै उहाँ सफल हुनुभएको हो जस्ता लेखहरु रहेका छन् ।

 

 

गीतकार डा. दामोदर रेग्मीका अनुसार गीतकारको कलम” उनका सिर्जनात्मक यात्राहरुको एक प्रारम्भिक संग्रह हो। यस संग्रहमा समेटिएका गीतहरू उनका मनको भाका हुन् ।  जीवनको विविध रंग, समाजका अनुभव, प्रेमका तरङ्ग, देशका सपनाहरू र आत्माको संवेदनाहरूका अभिव्यक्तिहरू हुन्  ।

 

 

उनको रचनामा आनन्द कार्की, आनि छोइंग डोल्मा, प्रताप दास, अनु चौधरी, मुरलीधर. सुरेश लामा, दीपा लामा, समीक्षा अधिकारीले स्वर दिएका छन् भने किरण कडेल, डि बि लामा, कीर्ती न्यौपाने ले संगीत दिएका छन् । यसै गरि म्युजिक भिडियोहरुमा मिथिला शर्मा, दिपेन्द्र खत्री, सोनु ढुंगाना, रामहरि खड्का, सृष्टि खड्का प्रभात पाल ठकुरी, अप्सना बलामीको अभिनय र सियोन श्रेष्ठ नितिन चन्द उत्तम श्रेष्ठ सिसिर र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ।

 

उनी भन्छन् गीत लेखिन्छ कलमले, तर जीवन पाउँछ स्वर, संगीत र दृश्यमार्फत यसैले गीतकारको कलम अव गीतकारको मात्र होइन कलमलाई जीवन दिनेहरुको पनि हो।गीत सिर्जनाको यात्राक्रममा मैले न केवल गीत रचना गरें, तर ती गीतहरूले कसरी पाठक श्रोता तथा समीक्षकले मलाई कसरी हेरिरहनु भएको छ  भन्ने सन्दर्भलाई पनि यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु। यसै सन्दर्भमा, पुस्तकमा समावेश गरिएका समीक्षाहरू, विवेचनात्मक लेखहरू र विशिष्ट व्यक्तित्वहरूका दृष्टिकोण मूल्यवान र सन्दर्भयुक्त रहेका छन् उनी वताउंछन् ।

 

गीतकारको कलम” गीतकारको व्यक्तिगत साधनाभन्दा पनि सामूहिक सृजनाको परिणाम हो—जहाँ संगीतकार, गायक-गायिका, भिडियो निर्देशक, अभिनेता/अभिनेत्री, समीक्षक र श्रोता-दर्शकको साथ, हौसला र समर्पण मिसिएको छ। यो पुस्तक साँचो अर्थमा एउटा सामूहिक साहित्यिक संवाद हो, जहाँ प्रत्येक गीत सर्जकको भावनाले बोल्छ, संगीतको धुनमा बग्छ र पाठकको मन छुन्छ।”गीतकारको कलम” एक सिर्जनशील यात्राको जीवन्त दस्तावेज हो, जसले भाव, विचार, संगीत, संवेदना र अभिव्यक्तिलाई एउटै सूत्रमा बाँधेको छ। यो केवल गीतहरूको संग्रह मात्र होइन, एक गीतकारको आत्माको स्वर हो, जसले शब्दमा भाव भरेर पाठक र श्रोताको मनमा गुञ्जन खोजेको छ।

 

यस पुस्तकका प्रत्येक गीतहरू जीवनको गहिरो अनुभूति, सामाजिक परिवेशका प्रतिबिम्ब, प्रेम–वियोगका तरङ्ग, देशप्रेमका स्पन्दन र आत्मा भित्रैका संवेदनाहरूको अभिव्यक्तिपूरक छन्।लेखक–गीतकारले गीत सिर्जना मात्र होइन, तिनको मूल्याङ्कन, समालोचना, समीक्षात्मक दृष्टिकोण र विशिष्ट व्यक्तित्वहरूको दृष्टिव्याख्यालाई पनि पुस्तकमा समेटेर यो कृतिलाई बहुआयामिक बनाएका छन्। यसले गीतलाई सिर्जनाको एक पक्षबाट पूर्ण साङ्गीतिक–साहित्यिक संवादको प्लेटफर्ममा रूपान्तरण गरिदिएको छ।

 

 

 

civil hospital
Hams Hospitals