विकासशील राष्ट्रमा स्तरेन्नती :नेपाल र नेपालीहरूको आत्मगौरव, संघर्ष, अवसर र उज्यालो यात्राको संकल्प

20.2K
shares
Nabil bank

 

नेपाल, रगत र पसिनाले सिंचिएको शिखरहरूको भूमि, आधा शताब्दीभन्दा लामो समय ‘अतिकम विकसित’को पहिरनमा कैदिएर पनि आफ्नो स्वाभिमानलाई बाँचिरह्यो। अब, सन् २०२६ को नोभेम्बरबाट नेपाल विकासशील राष्ट्रको उषाकालमा प्रवेश गर्दैछ। यो केवल आँकडाको श्रेणी परिवर्तन होइन, यो नेपाली स्वाभिमानको पुनर्जन्म र भावी पुस्ताको उज्यालो भविष्यको उद्घोष हो। यो रूपान्तरण, जुन आँधीपछिको इन्द्रेनीजस्तै प्रकट हुँदै छ, राष्ट्रको आत्मगौरव, नीतिगत परिपक्वता र आत्मनिर्भर उर्जाको प्रतीक बन्न गइरहेको छ।

 

स्तरोन्नतिले नेपालका लागि नयाँ अवसरहरूको विस्तृत क्षितिज खोल्नेछ। बाह्य लगानीका लहरहरूले उद्योगहरूमा हरियाली ल्याउनेछन्, जसले रोजगारी सिर्जनामा वृद्धिसँगै श्रम बजारमा नयाँ अवसरहरूको उषा फक्राउनेछ। निर्यातको नीलाकाशमा नेपाली उत्पादनहरूले पंख फैलाएर विश्व बजारमा प्रतिस्पर्धा गर्न पाउनेछन्। नेपालको क्रेडिट रेटिङको किरण उज्यालो बन्नु देशको आर्थिक प्रतिष्ठालाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय वित्त र लगानीका द्वारहरू खोल्नेछ। पेटेन्ट, ट्रेडमार्क र भौगोलिक संकेतका रूपमा बौद्धिक सम्पत्तिको संरक्षण, पर्यटन क्षेत्रको वृहत् सम्भावना र नेपाली पहिचानको प्रवर्द्धनका लागि उर्वर भूमि बन्नेछ। ऋण पद्धतिमा सस्तो र लचिलो पहुँचका कारण दीर्घकालीन पूर्वाधार विकास र दिगो परियोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने आधार तयार हुनेछ। नेपाल समृद्धि र सम्भावनाको सगरमाथा चढ्ने यात्रामा अघि बढ्नेछ। शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक क्षेत्रमा नयाँ उज्यालो ल्याउनेछ।

 

तर कुनै उषा बिना छायाँ हुँदैन। अतिकम विकसित मुलुकको रूपमा पाउँदै आएको बहुपक्षीय सहुलियत र कर छुट हराउँदै जाँदा नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइराख्न चुनौती आउन सक्छ। विश्व व्यापारका उतारचढाव र सामरिक द्वन्द्वका तुषारहरूले नेपालको निर्यात क्षमतामा अस्थिरता ल्याउने खतरा रहिरहनेछ। नेपालको आयातमा निर्भरता, औद्योगिकीकरणको ढिलो गति र सीमित निर्यातयोग्य उत्पादनका कारण विकासको गतिको पैतालामा बाधा बन्न सक्छ। पर्यटन, सूचना प्रविधि, बिजिनेस प्रोसेस आउटसोर्सिङ र विद्युत् निर्यातका क्षेत्रमा नीतिगत तथा पूर्वाधारगत कमजोरीका कारण सम्भावना भएको उपज उत्पादन र सेवामा परिवर्तन हुन नसक्दा अपेक्षित परिणाम आउन नसकेको विडम्बना पनि यथावत् रहिरहन सक्छ। यी चुनौतीहरू राष्ट्रको शिरमा शूलजस्तै चुभ्न सक्छन्, यदि तिनीहरूलाई दूरदृष्टिपूर्ण रणनीति, स्पष्ट नीति र सुदृढ नेतृत्वद्वारा सम्बोधन गरिएन भने।

 

नेपाल सरकारले यस ऐतिहासिक स्तरोन्नतिलाई दिगो र उत्थानशील बनाउन तीन तहका सरकार र निजी क्षेत्रबीच सहकार्यसहित बहुआयामिक रणनीतिक योजनाहरू अघि सारेको छ। उद्योग, व्यापार र लगानी प्रवर्द्धन गरी आयात प्रतिस्थापन र निर्यात वृद्धिको लहर सिर्जना गर्दै उत्पादनशील क्षमतामा क्रान्तिको आधार तयार पारिँदै छ। सडक, रेल, सिमाना नाका र प्रसारणलाइनको विकासमा जोड दिई व्यापार पूर्वाधारका अभावलाई पुरा गर्दै ‘लजिस्टिक सपनाको साकार’ गर्ने तयारी छ। भन्सार र गैरभन्सार अवरोधहरू हटाउँदै, प्रमाणीकरण र गुणस्तर सुधार गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा सजिलै प्रवेश दिलाउने प्रयत्न जारी छ। डिजिटल व्यापारका सम्भावनालाई नयाँ प्रविधिको सहारामा रोजगार र आय वृद्धि गर्ने दिशामा परिणत गर्ने उद्यम भइरहेको छ। यससँगै बहुपक्षीय मञ्च र कूटनीतिक पहलद्वारा नेपाली उत्पादन र सेवाका लागि प्राप्त सहुलियत र पहुँच निरन्तर राख्ने प्रयास गर्दै राष्ट्रको समग्र निर्यात क्षमतालाई जीवन्त बनाइराख्ने योजनाहरू अघि बढाइएका छन्।

 

नेपालको यो स्तरोन्नति रातारात गरिबी हटाउने चमत्कार होइन, यो समृद्धि र सम्भावनाको सिंघोरा हो। यसले नयाँ अवसरहरूको अमृत खोल्नेछ र चुनौतीहरूको विषलाई दूरदर्शी रणनीतिक औषधिले उपचार गर्नेछ। यसलाई सफल बनाउने सर्त भनेको दीर्घकालीन दृष्टिकोणसहित रणनीतिक योजना कार्यान्वयन, तीन तहका सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य, पूर्वाधार र नीतिगत सुधारमा तीव्रता र मानव विकास सूचकांक तथा प्रतिव्यक्ति आय वृद्धिमा केन्द्रित रहनु नै हो। यसरी, नेपालले समृद्ध राष्ट्र निर्माणको साँझमा सुवर्ण रेखा कोर्दै, विकासशील राष्ट्रको नयाँ पहिचानमा शिखरसम्मको आरोहण गर्नेछ। यो परिवर्तनले नेपाल र नेपालीहरूको आत्मगौरव, संघर्ष, अवसर र उज्यालो यात्राको संकल्प हो, जसले राष्ट्रको भावी पुस्तालाई आत्मनिर्भर, सशक्त र सम्मानित बनाउनेछ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x