सिहदरवारबाट सरकारी गाडी हराएपछि हंगामा

1.9K
shares

 

काठमाडौ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो स्वामित्वमा रहेको एउटा सरकारी सवारी साधन हराएको भन्दै गृह मन्त्रालयलाई खोजीका लागि अनुरोध गरेको छ। मन्त्रालयको प्रशासन शाखाबाट जारी पत्रमा प्रदेश ३-०१-००३ प ३५६५ नं. को महेन्द्रा स्कोर्पियो (S4) मोडलको सवारी साधन हराएको उल्लेख गरिएको छ।

 

पत्र अनुसार सो गाडी चार महिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको र चालक पनि सम्पर्कमा नरहेको जनाइएको छ। यसबारे मन्त्रालयले सम्बन्धित निकायलाई अनुसन्धान गरी कारवाहीका लागि आवश्यक पहल गर्न अनुरोध गरेको छ। गाडीको इन्जिन नम्बर SG4A15427 र चेसिस नम्बर MA1TA4SJXG2418055 रहेको छ।

 

गृह मन्त्रालयलाई पठाइएको पत्रको बोधार्थ प्रहरी प्रधान कार्यालय, नक्साल र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलाई पनि पठाइएको छ। मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण र दोषीमाथि कारबाही सुनिश्चित गर्न सहयोगको अपेक्षा गरेको छ।

civil hospital
Hams Hospitals