सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । यस दिन सुनकाे भाउ तोलाको २ सय रुपैयाँले वृद्ध भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

 

हिजो बिहीबार छापावाल सुन तोलाको एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले वृद्धि भएर २ हजार २८० रुपैयाँ पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार २६५ रुपैयाँ थियो ।

civil hospital
Hams Hospitals