समाज निर्माणमा विवेकपूर्ण नैतिकताको योगदान

15.7K
shares
Nabil bank

समाज निर्माणमा विवेकपूर्ण नैतिकताको योगदान गहिरो र बहुआयामी हुन्छ। नैतिकता केवल नियमहरूको सङ्ग्रह मात्र नभएर, यो मानव हृदय र मनको अन्तरतम जागरण हो, जसले व्यक्ति र समुदायलाई सही र गलत, न्याय र अन्याय बीच भेद गर्न सक्षम बनाउँछ। विवेकपूर्ण नैतिकता भनेको यो जागरूकता हो जसले मानिसलाई स्वार्थ, लोभ, क्रोध र अहंकारबाट मुक्त गराई समाजका लागि कल्याणकारी मार्ग अपनाउन प्रेरित गर्छ। उपनिषद् र गीता जस्ता पूरातन ग्रन्थहरूले यसलाई मानव जीवनको सर्वोच्च लक्ष्यको रूपमा प्रस्तुत गरेका छन्, जहाँ “धर्मं चर” र “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” जस्ता सूत्रहरूले कर्मयोग र कर्तव्यपरायणताको महत्वलाई औँल्याएका छन्।

 

 

समाज तब मात्र प्रगति र समृद्धितर्फ अग्रसर हुन्छ जब व्यक्तिहरूमा विवेकपूर्ण नैतिकता विकसित हुन्छ। यसले सामाजिक सद्भाव, मेलमिलाप र सहिष्णुता स्थापना गर्दछ। विवेकले मानिसलाई आफ्नो व्यक्तिगत इच्छालाई नियन्त्रणमा राखी सामाजिक हितलाई प्राथमिकता दिन सिकाउँछ। जब नैतिकता र विवेक एकसाथ अघि बढ्छन्, तब सामाजिक व्यवस्थामा विश्वास र न्याय कायम हुन्छ, जसले दिगो विकासको आधार तयार पार्छ। यसैकारण, विवेकपूर्ण नैतिकता नै सच्चा समाज निर्माणको मूलाधार हो।

 

 

सदाचार र नैतिकता कुनै सैद्धान्तिक आदर्शमा मात्र सीमित रहने विषय होइन, यो चेतनशील विवेकको जीवन्त अभ्यास हो, जसले मानव अस्तित्वलाई आध्यात्मिक ऊर्जासँग समाहित गर्दै सत्कर्मको बाटोमा अग्रसर बनाउँछ। विवेकपूर्ण सचेतना नै सदाचारको मूल प्रवाह हो, जसले व्यक्ति र समाजलाई स्वार्थ, लोभ र भ्रष्ट विचारबाट मुक्ति दिलाउँदै कल्याणकारी मार्गतर्फ प्रेरित गर्दछ। महात्मा गान्धीको “चरित्रविनाको ज्ञान र परिश्रमविनाको धन पाप हो” भन्ने उद्घोषले नैतिकताको गहिरो महत्वलाई उद्घाटित गर्छ, जहाँ व्यक्ति आफ्नो आन्तरिक शक्तिलाई अन्धकारबाट प्रकाशतर्फ मोड्न सक्षम हुन्छ। विवेक र आत्मिक शक्ति मिलेर जीवनमा सकारात्मकता र सन्तुलन ल्याउँछन्, जसले व्यक्ति र समाजको मूल्यपरक रूपान्तरणमा योगदान दिन्छ।

 

 

सदाचार र सुशासन परस्पर पूरक हुन्, जसले राष्ट्रको प्रगतिलाई गतिको नयाँ आयाम दिन्छ। जब नेतृत्व नैतिक निष्ठासँग क्रियाशील हुन्छ, संस्थागत विश्वसनीयता र जनताको आत्मविश्वास दिगो रूपमा स्थापित हुन्छ। सार्वजनिक प्रशासनमा नैतिकता, पारदर्शिता, उत्तरदायित्व र व्यावसायिकता नसमेटिएसम्म राष्ट्रको सुशासनको आधार कमजोर रहन्छ। बुद्धदर्शनले इङ्गित गरेको विवेकपूर्ण सचेतनाले नैतिकताको मूलमा आत्म–सम्मान र सकारात्मक सोचको संरक्षण गर्दछ। यसरी, नैतिकता कुनै शुष्क नियमहरूको पालना होइन, यो आत्मानुशासन, विवेक र कल्याणमूलक कर्मको प्रकाश हो, जसले समग्र समाजमा शान्ति र समृद्धिको आधारभूमि निर्माण गर्छ।

 

 

सदाचार र नैतिकता कुनै सैद्धान्तिक आदर्शमा मात्र सीमित रहने विषय होइन, यो चेतनशील विवेकको जीवन्त अभ्यास हो, जसले मानव अस्तित्वलाई आध्यात्मिक ऊर्जासँग समाहित गर्दै सत्कर्मको बाटोमा अग्रसर बनाउँछ। विवेकपूर्ण सचेतना नै सदाचारको मूल प्रवाह हो, जसले व्यक्ति र समाजलाई स्वार्थ, लोभ र भ्रष्ट विचारबाट मुक्ति दिलाउँदै कल्याणकारी मार्गतर्फ प्रेरित गर्दछ। उपनिषद्‌मा भनिएको छ, “सत्यं वद, धर्मं चर” अर्थात् सत्य बोल र धर्ममा आचरण गर, जसले मानव जीवनलाई सत्य र कर्तव्यका साथ बाँधेर उन्नतिको शिखरतर्फ डोर्याउँछ। महात्मा गान्धीको “चरित्रविनाको ज्ञान र परिश्रमविनाको धन पाप हो” भन्ने उद्घोषले नैतिकताको गहिरो महत्वलाई उद्घाटित गर्छ, जहाँ व्यक्ति आफ्नो आन्तरिक शक्तिलाई अन्धकारबाट प्रकाशतर्फ मोड्न सक्षम हुन्छ। विवेक र आत्मिक शक्ति मिलेर जीवनमा सकारात्मकता र सन्तुलन ल्याउँछन्, जसले व्यक्ति र समाजको मूल्यपरक रूपान्तरणमा योगदान दिन्छ।

 

 

सदाचार र सुशासन परस्पर पूरक हुन्, जसले राष्ट्रको प्रगतिलाई गतिको नयाँ आयाम दिन्छ। भगवद्गीताले भनेको छ, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”, अर्थात् तिमी कर्म गर्न मात्र अधिकारी हौ, फलप्रति होइनौ, जुन दृष्टिकोणले नैतिक कर्म गर्न प्रेरित गर्दछ। जब नेतृत्व नैतिक निष्ठासँग क्रियाशील हुन्छ, संस्थागत विश्वसनीयता र जनताको आत्मविश्वास दिगो रूपमा स्थापित हुन्छ। सार्वजनिक प्रशासनमा नैतिकता, पारदर्शिता, उत्तरदायित्व र व्यावसायिकता नसमेटिएसम्म राष्ट्रको सुशासनको आधार कमजोर रहन्छ। अथर्ववेदमा भनिएको छ, “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः”, जसले समाज कल्याण र सर्वजनहितको परिकल्पनालाई नैतिकताको केन्द्रमा राख्छ। यसरी, नैतिकता कुनै शुष्क नियमहरूको पालना होइन, यो आत्मानुशासन, विवेक र कल्याणमूलक कर्मको प्रकाश हो, जसले समग्र समाजमा शान्ति र समृद्धिको आधारभूमि निर्माण गर्छ।

 

 

नैतिकता र आचरणमा सहनशीलता र धैर्यको अभ्यास गर्नु पर्छ, ताकि कलुषित विचारलाई हटाउन सकियोस। मनका इच्छा र कर्मलाई पवित्रतासँगै समायोजन गरेर सकारात्मक आचरण प्रदर्शन गर्नु महत्त्वपूर्ण छ। नैतिकता मानवको आचरणको मूल्यांकनको आधार बनाउँछ र यसले मानिसलाई आत्म–संयम र जिम्मेवारीको पाठ सिकाउँछ। समाजमा सकारात्मक परिवर्तन् ल्याउने सोच र चिन्तनले नैतिक आचरणलाई बलियो बनाउन मद्दत गर्छ।

 

 

सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पदान सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली र नागरिक दबाब जस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ। नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुर्याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् ।

 

 

नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ । यसले सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाई सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका खेल्दछ ।त्यसैगरी नैतिक आचरण र सदाचारयुक्त नेतृत्वलेसरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँन नैतिकता, आचरण र सदाचारले अक्सिजनको काम गर्दछ । सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन कायम गरी जनविश्वास अभिबृद्धि गर्नमा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

 

 

बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ । नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ । नैतिकता मानवीय मूल्यहरुको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्छ र जीवनमा खुशी ल्याउँछ। नैतिकताका कारण हामी इमान्दारीको जीवन जीउँछौं। यसबाट हाम्रो अरुसँगको सम्बन्धमा विश्वास र मित्रताको वातावरण बन्छ। नैतिकता खुशीको साँचो हो।

 

 

बुद्धधर्म अनुसार नैतिकताको जग विवेकपूर्ण सचेतना हो। हामी आफ्नो विवेकको प्रयोग गरेर कुन कुराले स्थायी खालको खुशी ल्याउँछ र कुन कुराले बारम्बारको दुःखतर्फ धकेल्छ भन्ने कुराको निर्क्यौल गर्छौं। नैतिकताको अर्थ अन्धाधुन्द कुनै निश्चित नियमहरुको सूची पालना गर्नु होइन। यसको अर्थ नीतिपूर्ण मार्ग अवलम्बन गर्नु लाभकारी हुन्छ भन्ने कुराप्रति विश्वस्त हुनु हो।हामी कस्तो व्यवहार गर्छौं भन्ने कुराप्रति सचेत हुनुपर्छ, यसको निर्णय बुद्धिमानीपूर्वक गर्नुपर्छ। सबैजना खुशी हुन चाहन्छन्। सबैजना खुशीको हकदार छन्। त्यसमा हामी आफैं पनि पर्छौं। हीनभावनाले ग्रस्त हुँदा हामी नैतिकताको परवाह नगरी व्यवहार गर्न सक्छौं। त्यसका विपरीत आत्मविश्वास छ भने आफूप्रतिको सम्मान पनि उच्च हुन्छ। आत्मसम्मान उच्च हुँदा हामी आफूप्रति गौरव गर्न सक्छौं। हामीलाई अनैतिक व्यवहार गर्नु स्वतः बेठीक लाग्छ र त्यसो गर्नबाट हच्किन्छौं।

 

 

नेपालको निजामती सेवामा नैतिक आचरण र सदाचारयुक्त नेतृत्वको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरूमा राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको अवस्था विधमान रहेको,नेतृत्वको मनोबल तथा उत्प्रेरणाको स्तर कमजोर रहेको ,दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ,आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्गन गर्ने निकायको व्यवस्था नगरिनु,बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको , कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको , नेतृत्वले आध्यात्मिक मूल्य, मान्यताहरुलाई व्यवहारमा आत्मसात गर्ने नगरिएको ।

 

 

सार्वजनिक क्षेत्रमा आचार संहिता निर्माण गर्दा सरोकारवालाको सहभागिता अनिवार्य छ र व्यवहारिक, कार्यान्वयनयोग्य मात्र कुरा समावेश गर्नुपर्छ। आचार संहिता कार्यान्वयनको अनुगमन र मूल्यांकनका लागि प्रभावकारी निकाय स्थापना गरी नियम उल्लङ्घन गर्नेलाई कडा दण्ड दिनुपर्छ। कर्मचारीको अत्यधिक सेवा सुरक्षा बन्द गरी उचित अनुशासन कायम गर्नुपर्छ। अवकाशबाहेक सजायमा लोक सेवा आयोगको अनावश्यक परामर्श व्यवस्था हटाउनुपर्छ। नेतृत्वले आदर्श र नैतिक मूल्य आत्मसात गर्नुपर्छ। विद्यालय तहमा नैतिक शिक्षा र सदाचारको प्रवर्धन गर्न, साथै आध्यात्मिक मूल्य र विभिन्न प्रोत्साहनका माध्यमबाट कर्मचारीको मनोबल र उत्प्रेरणा वृद्धि गर्न जोड दिनुपर्छ।

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x