Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एकै दिन ६ कन्सल्टेन्सीलाई ६ लाख जरिवाना

2.5K
shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमतिविनै सञ्चालित ६ वटा कन्सल्टेन्सीलाई एकै दिन ६ लाखभन्दा बढी जरिवाना गरेको छ। विभागबाट बिहीबार खटिएको अनुगमन टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नलिएर सञ्चालन भइरहेका कन्सल्टेन्सीलाई कारबाही गरेको हो।

अनुगमन टोलीले काठमाडौं महानगरपालिका–२८ मा रहेका रिड एजुकेशन हब प्रालि, परसुट अब्रोड स्टडिज र इनोभा एजुकेशन कन्सल्टेन्सी प्रालिलाई जनही एक–एक लाखका दरले जरिवाना गरेको छ । त्यस्तै सोही वडामा सञ्चालित प्यासन फाउन्डेसन प्रालि र काइट कन्सल्टेन्सी प्रालिलाई जनही ५१ हजारका दरले जरिवाना गरिएको छ ।

 

 

यस्तै काठमाडौं महानगरपालिका–१६ मा सञ्चालित छाङ्मी एजुकेशन प्रालिलाई ५० हजार जरिवाना गरिएको छ भने भक्तपुर नगरपालिका–४ मा सञ्चालित स्योउराई इन्टरनेशनल एजुकेशन प्रालिलाई १ लाख र भक्तपुर नगरपालिका–३ मा सञ्चालित आशिर्वाद ल्याङ्ग्वेज प्रालिलाई ५० हजार जरिवाना गरिएको छ ।

यी कन्सल्टेन्सीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

 

civil hospital
Hams Hospitals