बाँसका सामानहरु वनमन्त्रालय अन्तर्गतका सबै निकायमा प्रयोग सुरु गर्ने शर्त पछि मेयरको अनशत तोडियो
वि.सं.२०८२ साउन १८ आइतवार
shares
काठमाडौँ ।बाँसका सामानहरु पहिलो चरणमा वनमन्त्रालय अन्तर्गतका सबै निकायमा प्रयोग सुरु गर्ने शर्त भएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन् । यो सहित सरकारसँग उनले १६ वटा बुँदामा सहमति गरेका छन् ।
यो सम्झौता उनले शहरी बिकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसंग गरेका हुन् ।आमरण अनसन तोड्नुअघि आइतबार माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईलाई खानेकुरा खुवाउनु भएको थियो ।
त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गर्ने, जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी बनाउने लगाएत सहमति भएको छ ।




























