मेयर थापले भ्रष्टाचार गरेर ३ करोड ४५ लाख २२ हजार रुपैयाँ अवैध आर्जन गरेको अदालतको ठहर
वि.सं.२०८२ साउन २१ बुधवार
23.8K
shares
shares
काठमाडौँ ।बिशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको छ । थापाको सम्पूर्ण आय र व्यय मूल्याङ्कन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ ।
यसअनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको प्रमाणित भएकोले उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर अदालतले गरेको छ । सो सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति जफत हुने पनि अदालतले आदेश दिएको छ।
Subscribe
0 Comments
Oldest































