अख्तियारले सब–इन्जिनियरविरुद्ध सर्वोच्चमा पुनरावेदन

18K
shares
Nabil bank

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौताराका सब–इन्जिनियर हिराबाबु थापा विरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलासँग असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

 

आयोगका अनुसार विशेष अदालतको फैसलाले न्याय नपुगेको ठहर भएपछि सोमबार सर्वोच्चमा पुनरावेदन गरिएको हो । थापामाथि आर्थिक अनियमिततासम्बन्धी मुद्दा दायर भएको थियो ।

 

आयोगले सार्वजनिक पदमा रहेर आर्जन गर्न नमिल्ने सम्पत्ति आर्जन गरेको, पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको लगायत आरोपमा थापामाथि अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । विशेष अदालतले सो मुद्दामा फैसला सुनाए पनि आयोगलाई उक्त निर्णय चित्त नबुझी पुनः सर्वोच्च अदालतको शरण लिएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x