वन अधिकृतविरुद्ध ७ लाखभन्दा बढी घुस प्रकरणमा मुद्दा
वि.सं.२०८२ भदौ २ सोमवार
18K
shares
shares
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार केही दिन अघि सेवाग्राहीबाट सात लाख एकतीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको थियो । उनले चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठ सम्बन्धी बिमार्का तथा छोडपूर्जीका लागि सेवाग्राहीसँग रकम मागी घुस लिएको प्रमाण फेला परेपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
आयोगले यादवले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको स्पष्ट प्रमाण देखिएकाले कानुनअनुसार कडाभन्दा कडा कारबाही माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
Subscribe
0 Comments
Oldest































