नाडा अटो शोमा टाटा मोटर्सका नवीन EV मोडलहरूको धमाकेदार प्रदर्शन

20K
shares
Nabil bank

काठमाडौं । टाटा मोटर्सले यस वर्षको नाडा अटो शो मा आफ्नो विद्युतीय सवारी साधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ।

 

 

सिप्रदी ट्रेडिङ सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलो पटक सार्वजनिक गरेको छ। यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य-मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको भनाई छ ।

 

 

यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत—

  • सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
  • आकर्षक Discounts र Best Exchange Valuation
  • ३ वर्षसम्म निःशुल्क Servicing
  • निःशुल्क AutoPlus Insurance
  • निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
  • घरमै निःशुल्क Charging Station Installation
  • निःशुल्क Embossed Number Plate

यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ। Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ।

 

सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।

टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ।

 

 

NADA अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू अवलोकन गर्न आग्रह गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x