“अख्तियारमा पटक–पटक उजुरी, तर सिन्सियरविरुद्ध कारबाही शून्य”

70.1K
shares
Nabil bank

सरकार भन्छ, ‘कसैले भ्रष्टाचार वा राजश्व छलेर अकुत सम्पत्ति कमाएमा जानकारी गराउनू ।’ भ्रष्टाचार वा गैरकानूनी रुपमा कमाएको सम्पत्ति छानबिन र दोषीलाई कारबाहीका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्र खडा गरिएको छ ।

 

२०५७ मंंसिर २९ गते सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सहकारी विभागमा दर्ता भयो । काठमाडौंको मुटु पुतलीसडकमा कार्यालय खोलेर यो संस्थाका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्य हुन् । सिन्सियर दर्ता हुनअघि यी तीनको पुख्र्यौली सम्पत्ति खासै थिएन ।
दश लाखदेखि बढीमा ५० लाख पुख्र्यौली सम्पत्ति भएका यी तीन हर्ताकर्ता अहिले अर्बौको मालिक छन् । यति छिटो समयमा यिनीहरुले यत्रो सम्पत्ति कसरी कमाए त ? केही कुराले प्रष्ट पार्छ । सिसिन्यरले करोड पर्ने घरजग्गा धितो राखेर ६० लाख रुपैयाँ कर्जा दिन्छ । त्यसबापत दश लाख घुस खान्छन्, यी तीन हर्ताकर्ता ।
२५ लाखदेखि ३० लाख मूल्य बराबरको ट्याक्सी धितो राखेर २० लाख ऋण दिन्छन् । त्यसमा २७ हजार घुस खान्छन् ।

 

 

सेवाशुल्क एक प्रतिशत लिने । ऋण दिने बेला सात–दश वर्ष भनेर दिने तर वर्षपिच्छे एक प्रतिशत सेवाशुल्क तिरेर ऋणको नवीकरण गर्नुपर्ने । ऋण चुक्ता गर्दा पनि एक प्रतिशत सेवाशुल्क तिर्नुपर्ने ।ब्याज भन्नेबेला १४ प्रतिशत अनि असुल्ने बेला ४७ प्रतिशतदेखि ८० प्रतिशतसम्म । यता, बीमा गराएर कमिशन खाने । ऋणीले तिरेको किस्ता सुटुक्क बचत खातामा जम्मा गरिदिने, उता चाँहि ब्याजको साँज जोडेर पेनाल्टी हान्ने । ऋण लिनुअघि ऋणीलाई खाली पाना र नेपाली कागजमा हस्ताक्षरसहित ल्ब्याचे गराउने ।

 

अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै ऋणी नै उपस्थित नभई मालपोत वा यातायातबाट धितो संस्थाको नाममा ल्याउने । कानूनअनुसार बैंक, वित्तिय संस्थाले ऋणीलाई कर्जा तिर्न राष्ट्रिय पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्नुपर्छ । तर, सिन्सियरले यसो गर्दैन । सूचना नै ननिकाली धितो लिलामी प्रक्रिया अघि बढाउँछ ।
सिन्सियरले ऋणीलाई मात्र लुटेको छैन, राज्यलाई समेत ठग्दै आएको छ । कर तिर्न नपरोस् भनेर साधारण सभाका क्रममा नाफामा रहेको संस्थालाई समेत घाटामा देखाइन्छ । सिन्सियरबाट ऋण खाएका हजारौं सुकुम्बासी भएका छन् । उनीहरुले करोडौंको सम्पत्ति लाखमा गुमाएका छन् । ऋणीलाई सुकुम्बासी बनाएर सिन्सियरका तीन हर्ताकर्ता राजेन्द्रभक्त, राजेश र मीरा पनि अर्बपति बनेका छन् ।

 

राजनीतिक दललाई हातामा लिएर, गुण्डा पालेर सीधासाधी जनताको सम्पत्ति यिनीहरुले लुटेका छन् । सिन्सियरमा दलका नेता–कार्यकर्ता, सरकारी कर्मचारी, गुण्डा, ठूला व्यापारीलगायतको भ्रष्टाचार वा गैरकानूनी रुपमा कमाएको कालोधन छ ।
सेवाको नाममा संस्था खोलेर जनता ठग्न थालेको सिन्सियरले साढे दुई दशक बिथिसकेको छ । विडम्बना, यति लामो समयदेखि सर्वसाधारण ठगिरहँदा पनि यो सहकारीमाथि कारबाही त परको कुरा हो, सरकारी तवरबाट अनुगमनसमेत भएको छैन ।

 

पहुँच र पैसाको आडमा सिन्सियरले सबैलाई किनेको छ । त्यसैले, त नेपालको ऐन, कानूनले सिन्सियरलाई नछोएको । सिन्सियरबाट पीडितहरु भन्छन्, ‘अख्तियार, शुद्धिकरणमा पटकपटक उजुरी दिँदा पनि कारबाही भएन । सानालाई ऐन, ठूलोलाई चैन त्यसै भनिएको होइन रहेछ ।’
सिन्सियरविरुद्ध पहिलोपटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको हो । अख्तियारको उजुरी दर्ता नम्बर सी–०४८८०९ छ । सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि परेको उजुरीको दर्ता नम्बर ४४५५ रहेको छ ।

 

त्यस्तै, २०८० साउन २८ गते सिन्सियरविरुद्ध अर्को उजुरी परेको छ । ‘सम्पत्तिको छानबिन गरिपाऊँ’ भन्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ रहेको छ । तेस्रो पटक ०८१ कात्तिक २५ गते अख्तियारमा परेको उजुरीको दर्ता नम्बर सी–०२७४८५ रहेको छ ।सिन्सियरविरुद्ध यत्रो पटक उजुरी पर्दासमेत कारबाही नभएपछि पीडितहरु झन् पीडामा परेका छन् ।

 

अख्तियार र सम्पत्ति शुद्धिकरणले त चासो दिएन तर सम्बन्धित स्थानीय तह, सहकारी विभाग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा प्रदेश सरकारले त आवश्यक कदन चाल्नुपर्ने हो ।

 

त्यसमा सरोकारवाला चुकेका हुन् कि भित्री स्वार्थ अर्कै छ ? उनीहरुलाई नै थाहा होला । यपि, यसबाट पैसा र पहुँच भएकाले जनतालाई जतिसुकै ठगेपनि, लुटेपनि कानूनले छुँदैन भन्ने कुरालाई चाँहि शतप्रतिशत पुष्टि गरिदिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x