Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

देवनागरिक लिपि हटाएर  इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय राष्ट्रहितविपरीत :  विद्यार्थी परिषद् 

3K
shares

 

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरकारले देवनागरिक लिपि हटाएर इम्बोस्ड नम्बर प्लेटलाई सबैले अनिवार्य बनाउनु पर्ने  निर्णयलाई राष्ट्रहित विपरीत भन्दै कडा आपत्ति जनाएको छ।

 

 

परिषद्ले  एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाली भाषा र देवनागरी लिपिको सम्मान नगरी विदेशी दबाबमा परेर  राष्ट्रको पहिचान कमजोर बनाउने नीति अनुसार सवारी साधनमा इम्बाेष्ट नम्बर प्लेट  अनिवार्य गर्ने गरि प्रकृया अगाडि  बढाएको आपत्ति जनाएको हाे ।

 

 

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले देवनागरी लिपिलाई आधिकारिक रूपमा मान्यता दिएकाले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा र लिपिको प्रयोग हुनैपर्छ। तर, सरकारले यसको प्रयोग नगरी विदेशी भाषा र लिपि प्रयोग गर्न खोज्नु अत्यन्तै आपत्तिजनक र असंवैधानिक कदम हो।”

 

परिषद्ले संघीय संसद्को निर्णयविपरीत २०७९ सालदेखि नै सरकारले इम्बोस्ड नम्बर प्लेटलाई जबर्जस्ती कार्यान्वयन गर्दै आएको, तर सर्वसाधारण र अदालतले समेत यसबारे गम्भीर आपत्ति जनाइसकेकाले अब सरकार तुरुन्तै यो निर्णय फिर्ता लिनुपर्ने चेतावनी दिएको छ।

 

साथै, परिषद्ले सरकारले राष्ट्रको स्वाभिमान र पहिचान सुरक्षित गर्न नेपाली भाषा, संस्कृति र लिपिको संरक्षणमा जोड दिनुपर्नेमा उल्टै विदेशी दवाव र स्वार्थका कारण नेपाली जनतालाई विस्थापित गर्ने खालका कदम चालिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

 

प्राज्ञिक विद्यार्थी परिषद्ले नेपाली भाषा र देवनागरी लिपिमा आधारित नम्बर प्लेट तत्काल कार्यान्वयन गर्न र विदेशी निर्भरता बढाउने निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेको छ

 

 

civil hospital
Hams Hospitals