६० लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद
वि.सं.२०८२ भदौ ९ सोमवार
15.8K
shares
shares
काठमाडौं। कैलालीको धनगढी उपमहानरपालिका–१९ फूलबारी गाउँस्थित एक घरबाट सशस्त्र प्रहरीले करिब ६० लाख रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ।भारतबाट अवैधरूपले ल्याइ घरमा १० वटा पोकामा राखेको मोबाइल पार्ट्स सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले बरामद गरेको हो।
सशस्त्रको प्रधान कार्यालयको विशेष सूचनाका आधारमा बरामद गरेको भनिएको सामान कसले ल्याएको हो भन्ने खुलेको छैन। सशस्त्र प्रहरीले बरामद मोबाइल पार्ट्स आवश्यक कारबाहीका लागि सट्टि भन्सार कार्यालय टीकापुरमा बुझाएको छ।
Subscribe
0 Comments
Oldest































