सुनको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

1.7K
shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ५ दिनदेखि बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।मंगलबार प्रतितोला सुन २ लाख ५ हजार ९ सयमा कारोबार भएकोमा आज प्रतितोला २ हजार रुपैयाँ बढेको हो ।

 

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेको चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी तोलाको दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

civil hospital
Hams Hospitals