‘सरकारको नजरमा राम्रो काम गर्ने कर्मचारी नै छैनन्‌’

1.6K
shares

काठमाडौँ । हरेक साल निजामती दिवसको दिन कर्मचारीलाई पुरस्कार दिइन्थ्यो । तर, यो साल कसैलाई पुरस्कार दिइएन । अघिल्लो साल छनोट गरिएका कर्मचारीहरूलाई भने उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरे ।

 

 

अथवा, सरकारले निजामती सेवा दिवसको अवसरमा पुरस्कार दिन लायक कर्मचारी यस वर्ष भेटेन ।

 

सरकारले भदौ २२ गतेको दिन मनाइने निजामती सेवा दिवसको उपलक्ष्यमा एक जनालाई सर्वोत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार दिने गर्दथ्यो । वर्षभरमा राम्रो काम गरेका कर्मचारीहरूको मूल्याङ्कनको आधारमा कर्मचारीहरू छनौट गरिन्थ्यो ।

 

 

दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले २०७३ सालपछि कसैलाई पनि दिएको छैन । पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी भेटिएको छैन ।

 

तर एक लाख रुपैयाँ राशिको उत्कृष्ट निजामती र ५० हजार रुपैयाँ राशिको निजामती पुरस्कार पाउने कर्मचारीहरूको नामावली भने हरेक वर्ष सार्वजनिक हुन्थ्यो ।

 

 

नेपाल पुलिस क्लबमा जारी निजामती सेवा दिवस मूल समारोहमा मुख्य सचिव एकनारायण अर्यालले विगतको वर्षजस्तै यस वर्ष पनि पुरस्कार पाउनेहरूको नामावली छिट्टै  घोषणा गर्ने बताए ।

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली पनि पुरस्कार रोक्नुका कारण बताउँन सक्दैनन् ।

civil hospital
Hams Hospitals