जेनजी आन्दोलन दमनमा संलग्न सीडीओ छवि रिजालले वेवसाइटबाट आफ्नो तस्वीर हटाए
वि.सं.२०८२ भदौ २३ सोमवार
1.8K
shares
shares
काठमाडौं । जेन जी आन्दोलनमा दमन गर्ने प्रमुख जिल्ला अधिकारी (सिडीआ)छवि रिजालले वेवसाइडबाट आफ्नो तस्वीर हटाएका छन् ।
जेनजी युवाहरूको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु र २५६ भन्दा बढी युवा घाइते हुने गरि प्रहरीलाई आदेश दिने सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् । काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।
सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ।



























