‘जेनजी आन्दोलनमा घुसपैठ भयो’– प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ
वि.सं.२०८२ भदौ २३ सोमवार
2.7K
shares
shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा घुसपैठ गरेर हिंसात्मक घटना हुन पुगेको ब्रिफिङ गरेका छन् ।
सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजीले आन्दोलन गर्न पाउने भन्दै उनीहरूको शान्तिपूर्ण आन्दोलनमा ठुलै घुसपैठ भएको बताएको एक मन्त्रिले जानकारी दिए ।
उनका अनुसार जेनजीको आन्दोलनमा घन, कैँचीजस्ता हतियार समेत लगेको भन्दै त्यस्ता हतियार जेनजीले नलगी अन्य तत्त्वहरूले लगेको बताएका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले जेनजीपुस्तालाई कतिपयले प्रयोग र दुरुपयोग गरेको समेत बताएका छन् । जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको बताइएको छ ।






























