हिल्टन–भाटभटेनीदेखि सिंहदरबारसम्म, उपत्यका अझै आगोमा

18.4K
shares
Nabil bank

काठमाडौं । आन्दोलनकारीहरुले काठमाडौं उपत्यकाका विभिन्न भवन संरचनामा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेनजीमा घुसपैठ गरेर अराजक समूहले मंगलबार आगजनी गरेकाे थियाे ।

व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा लगाइएकाे आगाे पूर्णरुपमा नियन्त्रणमा आउन नसकेकाे हाे । नक्सालस्थित हिल्टन हाेटल र भाटभटेनी सुपरमार्केटमा अझै आगाे बलिरहेकाे छ ।  नक्साल भाटभटेनीमा काठमाडौं महानगरपालिकाकाे दमकलले आगो निभाउने प्रयास जारी राखेकाे छ । त्यस्तै कतिपय निजी सम्पत्तिमा लगाइएको आगो पनि निभेको छैन ।

नयाँ बानेश्वरको यातायात व्यवस्था कार्यालयमा अझै धुँवाको मुस्लो आइरहेको छ । आकाशमा धुँवा मडारिइरहेको छ । धुँवाको कारण सास फेर्न समेत समस्या भइरहेको स्थानीयहरुले जनाएका छन् ।

काठमाडौं महानगरपालिकाले हिजो बेलुकादेखि ६ वटा दमकल खटाएको छ । ती दमकलले अहिले पनि विभिन्न स्थानमा आगाे निभाइरहेका छन् ।

हिल्टन, टङगाल भाटभटेनी, सिंहदरबार, सर्वोच्च अदालत, पुरातत्व विभाग, थापाथली डाटा सेन्टर, जिल्ला अदालत, अख्तियार दुरुपयोेग अनुसन्धान आयोग, न्युरोडमा व्यक्तिको घरमा लागेको आगो निभाएको नगरप्रहरीका एसपी विष्णु जोशीले नेपालप्रेसलाई बताए ।

हिल्टन र भाटभटेनीलगायतको ठाउँमा पटक–पटक आगो निभाउन जानुपरेको उनले बताए ।

उनले भने, ‘केमिकलका कारणले निभाइसकेकाे आगो पनि फेरि लागिरहेको छ । पटक पटक गएको गयै छौं । एकैठाउँमा धेरैपटक आगो निभाउन जानुपरिरहेको छ । सबै निभायो फेरि सल्किहाल्छ ।’

जाेशीका अनुसार ठूला भवनहरुमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अहिलेसम्म पानीको अभाव नभएको उनले बताए । साथै सेनासँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x