आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट हराएका सामाग्रीको जानकारी दिन आग्रह
वि.सं.२०८२ भदौ २९ आइतवार
shares
काठमाडौं ।आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा रहेका विभिन्न सामान चोरी तथा हराएकोले सामान फेला पार्ने वा जानकारी दिन आग्रह गरेको छ।
गत २०८२ भदौ २७ गते आन्दोलनकै क्रममा भएको क्षतिपछि आयोग र मातहतका कार्यालयहरू ९हेटौंडा, धरान, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी० मा रहेको कम्प्युटर, प्रिन्टर, फोटोकोपी मेसिन, टिभी, प्रोजेक्टर सेट, फर्निचर, फाइल, मोबाइल, ल्यापटप, अभिलेखलगायतका सामग्रीहरू चोरी तथा हराएको आयोगले जनाएको छ।
आयोगले यस्ता सामग्री फेला परेमा नजिकैको प्रहरी कार्यालय वा आयोगको सम्पर्क नम्बरमा खबर गर्न आग्रह गरेको छ। साथै, चोरी वा हराएका सामानमा कसैले अनुचित लाभ उठाएको भेटिए कानूनी कारबाही हुने चेतावनी दिइएको छ।
आन्दोलनका कारण राज्यका संवेदनशील अभिलेख र सम्पत्तिहरूमा क्षति पुगेको विषयमा गम्भीर चासो उठेको छ। विशेषगरी अख्तियार जस्तो संवैधानिक निकायमा भएका अभिलेख र प्रविधि उपकरण हराउनु प्रशासनिक दृष्टिले पनि चुनौतीपूर्ण मानिएको छ।
आयोगले यस घटनाबारे छानबिन अघि बढाइसकेको र सम्पत्तिको सुरक्षा तथा संरक्षणबारे थप कडाइ गर्ने जनाएको छ।






























