जेनजी आन्दोलनमा घाइते प्रहरी र सर्वसाधारणप्रति पूर्वराष्ट्रपतिको चासो
वि.सं.२०८२ असोज ३ शुक्रवार
4.5K
shares
shares
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रहरी र युवालाई भेटेकी छन्। उनले शुक्रबार महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा घाइते प्रहरी तथा सर्वसाधारणलाई भेट्दै भण्डारीले उनीहरूको स्वास्थ्यप्रति चासो देखाएकी थिइन्। आन्दोलनमा ३ प्रहरीको मृत्यु भएको छ भने कैयौँ गम्भीर घाइते भई उपचाररत छन्। सामान्य घाइते भएकाहरू उपचारपश्चात पुनः सेवामा फर्किसकेका छन्।
यसअघि बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जा, जलस्रोत तथा सहरी विकासमन्त्री कुलमान घिसिङ पनि अस्पताल पुगेका थिए।
































