सिआइबीले आरजु देउवाका भाइ भूषण राणाको घरमा छापा

570
shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कांग्रेस डा.आरजु देउवा राणाका भाइ भूषण राणाको निवासहित केही शंकास्पद ठाउँ र व्यक्तिका घरमा आइतवार साँझदेखि रातिसम्म छापा मारेको छ ।

स्रोत नखुलेको रकमसहित शंकास्पद वस्तु भेटिनसक्ने सूचनापछि सिआइबीको टोलीले जाउलाखेलस्थित भूषण राणाको घरबाहेक अन्यत्र पनि छापा मारेको हो । छापा मारिएको बेला राणा घरमा थिएनन् । यसअघि नै विदेशमा रहेको बताइएको छ ।

 

राणाको घरमा मात्र नभएर विभिन्न शंकास्पद ठाउँमा छापा मारिएको तर त्यसको विस्तृत विवरण अहिले दिन नमिल्ने सिआइबीका प्रमुख एआइजी मनोज केसीले  बताए ।

कतिपय व्यक्तिको घरमा ठूलो मात्रामा नगद जम्मा रहेको र त्यसको स्रोत नखुल्ने सूचनापछि छापा मार्ने क्रम जारी रहेको छ । भूषण राणा दिदी भिनाजु सत्तामा रहेका बेला प्रायः हरेक नियुक्ति,सरुवा बढुवा र नीतिगत निर्णयहरुमा हाबी हुने गरेको आरोप छ ।

हालैमात्र उनी मेनपावरको सिण्डिकेट लगाउनका लागि मलेसिया समेत पुगेका थिए । यसैबीच अर्थ मन्त्रालयले स्रोत नखुलेको सम्पत्ति लुकाएर राखिएको ठाउँ खोजेर सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको जनाएको छ ।

Hams Hospitals