फेक अकाउन्ट नियन्त्रणपछि आधिकारिक अकाउन्ट नै बन्द! प्रधानमन्त्री कार्यालय अलर्टमा
वि.सं.२०८२ असोज २१ मंगलवार
22.9K
shares
shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक फेसबुक अकाउन्ट नखुल्ने भएको छ। आइतबारदेखि सञ्चालनमा आएको प्रधानमन्त्री सुशीला कार्कीको ‘PM Sushila Karki’ नामक आधिकारिक फेसबुक अकाउन्ट सोमबार बेलुकादेखि नखुल्ने भएको हो ।
प्रधानमन्त्रीको नाममा ३० भन्दा बढी फेकु अकाउन्टहरु खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै आधिकारिक सामाजिक सञ्जालका बारे जानकारी दिएको थियो । यसरी जानकारी दिएकै भोलिपल्ट सो अकाउन्ट नै गायब भएको हो ।
यसबारे प्रधानमन्त्री कार्यालयले विज्ञ टोलिसँग छलफल गरिरहेको जनाएको छ ।
Subscribe
0 Comments
Oldest






























