कुलमानको पुरानैसँग साँठगाठ तिहार पछि जेनजी कर्मचारीले कडा आन्दोलन गर्ने

4.4K
shares

 

काठमाडौँ । स्वतन्त्र निजामती कर्मचारी अभियानले सहरी विकास मन्त्रालय अगाडि धर्ना दिन भएको छ । सचिव तथा अन्य उच्च तहका कर्मचारीमाथि अनुसन्धान गर्नका लागि पनि कार्यरत ठाउँबाट हटाउन सो अभियानले माग गरेको छ । सहरी विकास मन्त्री कुलमान घिसिङलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्रमा सो मन्त्रालयमा अघिल्लै सरकारका मन्त्रीकै सेटिङ्गमा काम भइरहेको आरोप लगाइएको छ ।

 

आन्दोलन र विद्रोह भई रहँदा र त्यस भन्दा अगाडि तत्कालीन मन्त्री,सचिव,प्रशासन शाखाका प्रमुख,मन्त्रीका सचिवालयमा कार्यरत स्वकीय सचिवहरू र  कर्मचारीहरूले हदैसम्मको विकृत कार्य गरेका भन्दै छानवीनको माग गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिचाइ मन्त्रालयमा त  कर्मचारीहरू हेरफेर र तत्कालीन मन्त्रीले गरेका अनैतिक तवरका सरुवा र निर्णय उल्टाएको तर, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा त्यो भन्दा विकराल स्थिति रहेको मन्त्रीलाई जानकारी गराइएको छ । करारका कर्मचारीहरूले तलब,चाडबाड खर्च नपाएको विषय पनि उल्लेख गरिएको छ । योजना बाँडफाँडमा मिलेमतो,लापरबाही,ठेक्का पट्टामा अनैतिक संलग्नता र आयोजनामा दलीय करण भएको पनि मन्त्रीलाई जानकारी गराइएको छ ।

 

लोकसेवाबाट सिफारिस भई नियुक्ति पाएका र सरुवा भएर आएका प्राविधिक सहसचिव,सिडिई,ईन्जिनियरलाई ३ महिना सम्म जिम्मेवारी नदिइएको तत्कालीन प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रबाट  सचिवलाई स्पष्टीकरण सोधेपछि मन्त्री,सचिव,सहसचिव र मन्त्रीको सचिवालय मिलेर लापरबाही तवरले  सरुवा गरेको कर्मचारीको भनाइ छ ।

 

त्यसकालागि तत्काल सहरी विकास मन्त्रालयमा भएको सरुवा÷पदस्थापन बदर गर्नु भनेपछि रातारात रमाना लिएर जान÷आउन लगाएको आरोप छ ।  दलको झन्डा बोकेको सोधेर आधारमा व्यवहार हुने कुरा उल्लेख गरिएको छ ।

 

 

मन्त्रालयका सचिव गोपाल सिग्देल,सहसचिव नारायण प्रसाद मैनाली,सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजि महर्जन र उपमहानिर्देशकहरु,स्थानीय पूर्वाधार विभागका महानिर्देशक लगायतलाई तत्काल हटाउन माग गरिएको छ । उनीहरूको गैह्र जिम्मेवार पूर्ण व्यवहार र तत्कालीन मन्त्री र मन्त्रीका सचिवालयका मान्छेसँगै अझै पनि उठबस रहेको आरोप छ ।

 

यी समस्या समाधानका लागि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरिएको छ । मन्त्रीलाई ज्ञापन पत्र बुझाउने,प्रचारप्रसार गर्ने निरन्तरता दिने उल्लेख गरिएको छ । असोज २६ दिनको ११ बजे देखि ५ बजे सम्म सहरी विकास मन्त्रालय अगाडी धर्ना दिने कार्यक्रम रहेको संयोजक पशुपति पोखरेलले जानकारी दिए ।

 

माग यथावत,स्वनिकको धर्ना स्थगित।सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८२ का कार्यक्रम र आन्दोलनबाट अगाडि बढ्ने निर्णय बमोजिम हामिले धर्ना कार्यक्रमलाई स्थगित गरेर तिहार पछि आन्दोलनमा जाने गरि मागहरूलाई सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८२ सँगै अगाडि बढ्ने निर्णय गरेका छौ।

 

शहरी मन्त्रालयमा ज्ञापन पत्र बुझाउने र तत्कालीन सबै मन्त्रालय र मन्त्रीहरु साथै मन्त्री प्रशासमान र उनका सचिवालयबाट संचालितसचिव,सहसचिव,महानिर्देशक र उपमहानिर्देशकहरु जस्तै सवैलाई हटाउन दवाव दिने यदि नहटाएमा तिहार पछि आन्दोलनमा जाने सहमति भएको ब्यहोरा अपिल गर्दछौं।

मन्त्री कुलमान उर्जा मात्र हैन शहरि र भौतिकमा पनि तत्काल तत्कालीन मन्त्रीका उठबसका कर्मचारी हटाएर अन्यलाई जिम्मेवारी दिन अपिल गरेका छौ।

 

शहरि बिकास मन्त्रालयलाई ध्यान नदिएर कुलमानले उर्जा मात्र हेरेका छन यसरी पुरानै टिमबाट उनले के सुशासन दिन खोजे आज सम्म पनि उनले प्रकासमानका आसेपासे र उनकै मान्छेबाट के अपेक्षा गरेका छन?

 

जसले प्रकासमानको काठमाडौं क्षेत्र न १ मा ठेक्का गरेर सबै काम गरेर पैसा उठार प्रकासमानलाई चुनाव जिताउने खुलेआम बोकेका खटेका सचिव,सहसचिव,महानिर्देशकलाई काम गर्न दिएर अरुलाई हेरेको हेरै बनाएका छन।

civil hospital
Hams Hospitals