भवन निर्माण ठेक्काको सूचना लुकाएर भ्रष्टाचार गर्नेलाई बिशेष अदालतमा मुद्धा
वि.सं.२०८२ असोज २६ आइतवार
16.6K
shares
shares
काठमाडौं।रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माण ठेक्कामा अनियमितता भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नगरपालिका ३ सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन ठेक्का सम्बन्धी प्रक्रिया गैरकानूनी ढंगले सम्पन्न गरिएको प्रमाण फेला पारेपछि मुद्दा दायर गरेको हो ।
उक्त प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णको संलग्नता रहेको पाइएको आयोगका सहसचिव एवम राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
Subscribe
0 Comments
Oldest






























