गोपाल अग्रवाल प्रथम उपाध्यक्षमा उम्मेदवार : नेपाल विद्युत व्यवसायी महासङ्घको छैटौँ अधिवेशन नजिक
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार
shares
काठमाडौं। नेपाल विद्युत व्यवसायी महासङ्घको छैटौँ अधिवेशन नजिकिँदै गर्दा गोपाल अग्रवालले प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी कार्यकालमा सशक्त, सुरक्षित र समृद्ध विद्युत व्यवसायमार्फत समृद्ध नेपाल निर्माण गर्ने आफ्नो मूल उद्देश्य रहेको बताएका छन्।
उम्मेदवार अग्रवालले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने,“अधिराज्यव्यापी रूपमा छरिएर रहेका सम्पूर्ण उद्योगी व्यवसायी, जिल्ला तथा नगर सङ्घसँग समन्वय गर्दै, स्वास्थ्य, सुरक्षा र व्यवसायिक हितलाई प्राथमिकतामा राख्दै अघि बढ्नेछु।”
अग्रवालले आगामी कार्यकालमा:
-
व्यवसायीको सुरक्षा र व्यावसायिक वातावरण सुदृढीकरण,
-
विद्युत व्यवसायको गुणस्तर तथा मापदण्ड सुनिश्चित,
-
संगठन र सदस्यबीच निकट संवाद, सुझाव संकलन र नीति निर्माण,
जस्ता विषयमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
समर्थन र मतको अपील
उम्मेदवार अग्रवालले महासङ्घका सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेका छन्,“म तपाईंहरूको अमूल्य मत र सुझावको अपेक्षा गर्दछु। आफ्नो विश्वास र समर्थनले मलाई विजयी बनाइदिनुहोस्, म पूर्ण समर्पणका साथ काम गर्नेछु।”
छैटौँ अधिवेशनमा नेतृत्व चयनसँगै महासङ्घले आगामी कार्यकालका लागि नीतिगत दिशा र कार्यक्रम निर्धारण गर्ने अपेक्षा गरिएको छ।
































