सिद्धार्थ बैंकको सिइयो तलब विवाद: नियामक निर्देशनको उल्लंघन
वि.सं.२०८२ मंसिर ३ बुधवार
shares
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंक (NRB) को स्पष्ट निर्देशन विपरीत आफ्नो प्रमुख कार्यकारी अधिकृत (CEO) सुन्दरप्रसाद कँडेलको तलब बढाएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकले २०७९ फागुन ३ गते बैंक तथा वित्तीय कम्पनीका संचालक समितिलाई पत्राचार गर्दै CEO कँडेलको तलब, भत्ता र सेवासुविधा नबढाउन निर्देशन दिएको थियो। तर, सिद्धार्थ बैंकले उक्त निर्देशनको ठाडो उल्लंघन गर्दै एकै वर्षमा CEO कँडेलको तलब ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको छ।
प्रतिवेदनअनुसार, गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले CEO कँडेललाई तलब, भत्ता र अन्य सुविधा सहित जम्मा १ करोड ७० लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ। यसले बैंकको नियमितता र नियामक पालनामा प्रश्न उठाएको छ।
नेपाल राष्ट्र बैंकले बैंकहरूको सेवाव्यवस्थापन र वित्तीय अनुशासन सुनिश्चित गर्न नियमित निर्देशन जारी गर्दै आएको छ। तर, सिद्धार्थ बैंकको यो कदमले NRB को निर्देशन उल्लंघन मात्र नभई वित्तीय संस्थामा पारदर्शिता र जवाबदेहिता सम्बन्धमा चिन्ता उत्पन्न गरेको विश्लेषकहरूले बताएका छन्।
हालसम्म बैंकले यस विषयमा आधिकारिक प्रतिक्रिया जारी गरेको छैन। विशेषज्ञहरूले बैंकका तलब व्यवस्थापन र नियामक पालनामा सुधारको आवश्यकता औंल्याएका छन्।
































