एक वर्ष अघिको पत्रमा हस्ताक्षर गर्ने सचिव पनि मुख्य सचिवको चर्चामा ?

3.7K
shares

 

काठमाडौँ ।सरकारले नयाँ मुख्य सचिव चयन गर्दैछ । सरकारको सबैभन्दा निर्णायक प्रशासनिक नेतृत्वको रूपमा रहने मुख्य सचिव चयन प्रक्रियाले फेरि एक पटक विवाद र चिन्ता उब्जाएको छ । प्रतिस्पर्धामा उभिएका सचिवमध्ये एक व्यक्तिले अत्यन्त सामान्य मितिसम्बन्धी त्रुटि गरेको उजागर भएपछि उनको क्षमता, तयारी र प्रशासनिक दक्षता प्रति गम्भीर प्रश्न उठेका छन् ।

 

सुरक्षा परिषद् बैठकको पत्राचारमा मिति २०८१/८/४ भनेर उल्लेख गरिएको भए पनि सोही पत्रको टुप्पामा २०८२/८/४ राखिएको पाइएको छ। मुलुकको सर्वोच्च प्रशासनिक तहमा नेतृत्व गर्ने दाबी गर्ने व्यक्तिबाट यस्तो सामान्य त्रुटि हुनुले ‘कपि–पेस्ट’ संस्कृतिको दुष्परिणाम कति गहिरोसम्म छ भन्ने देखाएको छ।

 

विशेषज्ञहरूका अनुसार मुख्य सचिवका दावेदारले निर्णय प्रक्रिया, पत्राचार, चिठी–मौलिकता र विषयगत नेतृत्व जस्ता आधारभूत पक्षमा दखल राख्नैपर्छ। तर अहिले चर्चामा रहेका सचिव तथ्यांक सेवाबाट आएका, मूलतः विषयगत मन्त्रालयको समग्र नेतृत्वअनुभव कमजोर र अर्थ, गृह, सामान्य प्रशासनजस्ता अत्यन्त संवेदनशील क्षेत्रमा कुनै ठोस पृष्ठभूमि नभएको आरोप छ।

 

शुशिला कार्की नेतृत्वको सरकारले मुख्य सचिव नियुक्तिमा अनुभव, बहु–क्षेत्रीय ज्ञान र प्रशासनिक स्थिरतालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने माग बढ्दो छ। हाल देखिएको व्यवस्थापकीय असमतलता, मन्त्रालयबीच समन्वयको कमजोर अवस्था र निर्णय प्रक्रियामा बढ्दो लापरबाहीलाई रोक्न सक्षम नेतृत्व आजको आवश्यकता हो।

 

गृह, अर्थ, संघीय मामिला, परराष्ट्र, श्रमजस्ता संवेदनशील क्षेत्रमा लामो अनुभव, जटिल विषय बुझेका, कार्यकाल पूरा समय बाँकी भएका र दक्ष प्रशासकलाई मुख्य सचिव बनाउनुपर्ने आवाज प्रशासनभित्र बढ्दो छ। अनुभवी नेतृत्व आए मात्र मन्त्रालयहरूको गतिशीलता बढ्ने, सरकारलाई मार्गदर्शन गर्ने क्षमता बलियो हुने, र निर्णय प्रक्रियामा जिम्मेवारी र अनुशासन फर्कने विश्वास लिइएको छ।

 

civil hospital
Hams Hospitals