“गभर्नरसहित परिवारलाई सिद्धार्थ बैँकको भिआइपी निम्ता, नियामक किन्न खोज्ने रणनीति
वि.सं.२०८२ मंसिर १२ शुक्रवार
shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंक लिमिटेडले मंसिर १९ गते हुने फाइनल खेलका लागि राष्ट्र बैंकका गभर्नर, उच्च अधिकारीदेखि नियामक निकायका जुनियर कर्मचारीसम्मलाई भिआइपी टिकटसहितको निम्तो बाँड्दै हिँडेको भेटिएको छ। एनपिएलमा झन्डै २० करोड रुपैयाँ खर्चिएको प्रति यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहका बेला बैंकले नियामक निकायलाई नै प्रभावमा पार्ने गरी गभर्नरसमेतका स-परिवारसमेतलाई खेल हेर्ने निम्तो पठाएपछि राष्ट्र बैँकको कार्यसम्पादकनमाथी नै प्रश्न उब्जिएको छ।
एनपिएलको मुख्य प्रायोजक, तर उद्देश्य अर्कै’
एनपीएलको पाँच वर्षे मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंकले झन्डै २० करोड रुपैयाँको सम्झौता गरेको छ। खेल कार्यक्रमको प्रायोजनमा बैँक्ले यति ठुलो रकम खर्चिनु बैंकिङ क्षेत्रकै लागि सामान्य बिषय होइन। यश बैंकले यति ठुलो रकम खर्चिएपछि अन्य बैँक तथा वित्तीय संस्थाले सामान्य रकम तिरेर प्रायोजन गर्न समेत पाएनन्।
राष्ट्र बैँककै अधिकारीहरुका अनुसार पनि सिद्धार्थ बैंकले लामो समयदेखि उठ्दै आएका आफ्ना आर्थिक अनियमितता, प्रशासनिक त्रुटि र एनपीएलमा प्रायोजन रकम वृद्धि जस्ता मुद्दामा नियामक निकायलाई ‘सन्तुष्ट’ बनाउँदै आएको देखिन्छ। एनपिएल हेर्ने निम्तो पनि यसैको सिलसिला भएको आशंका गरिएको छ।
सिद्धार्थ बैंक पछिल्ला केही महिनायता विभिन्न विवादमा परिरहेको छ।
नियामक निकायकै कर्मचारीहरूलाई ‘भिआइपी निमन्त्रणा’ दिनु र परिवारसहित निम्तो पठाउनु नियामकलाई प्रभाव पार्न गरिएको प्रयास हो। त्यस्तै नियामक निकायका कर्मचारीलाई यस्तो विशेष सुविधा दिनुले राष्ट्र बैँकलाई प्रभावमा पार्ने बैंकको मनसाय स्पष्ट देखिएको र यस्ता गतिविधिले निष्पक्ष नियमनमाथि नै प्रश्न उठाउने बैंकिङ नियमनका जानकारहरूको दावी छ।
त्यसमाथि सिद्धार्थ बैंकसँग जोडिएर निरन्तर विवादहरू आईरहेका राष्ट्र बैंकले निष्पक्ष छानबिन र कडा नियमन अघि नबढाएसम्म यस्तो प्रवृत्ति बढ्ने खतरा रहेको बैंकिङ विश्लेषकहरूको भनाई छ।
बैंकको पछिल्लो वित्तीय अवस्था निकै नाजुक छ। एनपीएल (नन–परफर्मिङ लोन) बढ्दो अवस्था छ। जसका कारण बैँकको नाफा ह्वात्तै घटेको छ।
बैँकबाट अनियमित रुपमा वितरण भएका कर्जा उठ्न नसक्दा बैँक खराब कर्जाको दलदलमा छ।
त्यस्तै , सिईओको खराब प्रदर्शनले आन्तरिक व्यवस्थापन निकै कमजोर देखिएको छ भने प्रशासनिक कमजोरी बैँकभित्र व्याप्त भेटिएको छ। त्यसैगरी बैँकले गरेका संयुक्त लगानीमा समेत प्रश्न उठिरहेको छ।
सिईओ सुन्दर प्रसार कँडेलले गरेका बद्मासीका सम्बन्धमा राष्ट्र बैंकमा दर्जनौं गुनासो पुगे पनि दवाव प्रभाव र चाकडी प्रथा हावी हुँदा राष्ट्र बैंकले कुनै पनि कारबाही प्रक्रिया अघि बढाएको देखिँदैन। स्पष्ट र कडा नियामक हस्तक्षेप नहुँदा राष्ट्र बैँक पछिल्लो समय आलोचित बन्दै आएको छ।
यहीँ आलोचनाकै बीच कुनै एक वाणिज्य बैँकले स्वार्थ बाझिने गरी नियामक निकायका पदाधिकारी एवम तिनका परिवारलाई समेत खेलका लागि भिआईपी निम्ता गरेपछि राष्ट्र बैंक तथा अन्य वृत्तमा यो चर्चाको बिषय बनेको छ।
सीईओको तलबवृद्धि विवादमा राष्ट्र बैंक मौन
हालै मात्र सिद्धार्थ बैंकले सीईओ कँडेलको तलब राष्ट्र बैंकको निर्देशनविपरीत बढाएको छ। सम्झौता पत्रमा उल्लेख भएको भन्दै झन्डै ४ लाख रुपियाँले सिईओको तलब सुविधा बढाएपछि बैँकमाथि विभिन्न प्रश्न उब्जाएको छ। तर , राष्ट्र बैंक भने आँफैले जारी गरेको प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा नबढाउनु भन्ने निर्देशनको उलंघन हुँदासमेत मौन छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
































