८० करोड सहकारी रकम मलेसिया पठाएको आरोप: कुसुम लामालाई किन पक्राउ गरिएन?

2.4K
shares
national life insurances
Nabil bank

काठमाडौँ ।प्रभु मेनेजमेन्टबाट सहकारी ठगिएको आरोपमा कम्पनीका पूर्व अध्यक्षलाई समेत हिरासत लिएर अनुसन्धान गरेको सिआईबीले यस प्रकरणकी मुख्य योजनाकार तथा दोषी कम्पनीकी अध्यक्ष कुसुम लामालाई भने पक्राउ गरेको छैन।

 

सहकारीबाट धरौटी रकम उठाएको र विदेशबाट प्रभु मेनेजमेन्टका नाममा पठाएको रेमिट्यान्स रकम भुक्तानी नगरेको आरोपमा अनुसन्धान चलिरहँदा कम्पनीकी संचालनक अध्यक्ष लामालाई भने बयान लिएर मात्र छोडिएको छ। जसका कारण सिआईबीको अनुसन्धान प्रक्रियामाथि नै आशंका गरिएको छ। जबकी देशभरका विभिन्न सहकारी सँस्थाहरुले लामाका नाममा जाहेरी दिएका छन्। तर, लामाले भने आफ्नै कम्पनीले गर्नुपर्ने भुक्तानी दायित्व समेत आफ्नो नभएको दावी गर्दै सिआईबीमा हास्यास्पद बयान दिएकी छन्।

 

सिआईबीले यस प्रकरणकी मुख्य पात्रको बयान लिएर अन्यमाथि अनुसन्धान गरिरहेको छ। यसबाट सिईआईबीको कार्यसम्पादनमाथि प्रश्न उब्जिएको छ। लामाले देशभरका सहकारीबाट उठाएको झन्डै ८० करोड रुपैयाँ रकम हुन्डीमार्फत् मलेसिया पुर्याएको सिआईबीको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अघिकारी बताउँछन्। लामामा श्रीमान् मलेसियन नागरिक हुन्।

 

उनले प्रभु मेनेजमेन्टका नाममा रहेको सम्पत्ति समेत बिक्री गरी उक्त रकम श्रीमान् मार्फत् विदेश पठाएको आशंका गरिएको छ। त्यस्तै, सहकारीलाई भुक्तानी गर्नुपर्ने दायित्वबारे सार्वजनिक भएपछि लामाले मेनेजमेन्टका नाममा रहेको शेयर समेत बिक्री गर्न खोजेकी थिइन्।

 

 

तर, तत्कालीन सेन्चुरी कमर्सियल बैँकबाट कर्जा लिँदा सोहि शेयर धितो राख्ने कमिटमेन्ट गरेकाको पत्रका आधारमा प्रभु बैँकले शेयर रोक्का गरिदिएपछि शेयर बेचेर रकम विदेश लैजानले उनको योजना असफल भएको थियो। अहिले पनि मेनेजमेन्टका नाममा अर्बौंको सम्पती छ। सहकारीलाई भुक्तानी गर्नुपर्ने दायित्वभन्दा सम्पत्ति बढी भएकाले उक्त सम्पत्ति बिक्री गरि सहकारीलाई पैसा दिन कम्पनीकै सँस्थापकहरुले सुझाव दिएका थिए।

 

तर, लामाले जबर्जस्ति भुक्तानी गर्नुपर्ने दायित्व अन्यत्र सारि आफू पीडित भएको देखाउँदै आएकी छन्। हजारौँ सहकारी पीडितले जाहेरी दिएपछि लामाले उच्च अदालत पाटनबाट पक्राउ नगर्न अन्तरिम आदेश लिएकी छन्। जबकी फौजदारी अभियोगमा अन्तरिम दिने व्यवस्था छैन। तर, लामाले झण्डै २ दर्जनभन्दा बढी अधिवक्ता हायर गरी अन्तरिम लिएकी छन्। यस्तो कसुरमा उनलाई अदालतले कसरी अन्तरिम दियो ? भन्नेमा कानुनविद् नै अचम्मित छन्।

 

लामो समय देखि फरार रहेकी लामा केहि दिन अधि मात्र मलेसियाबाट फर्केकै दिन एयरपोर्ट बाट पक्राउ परिन्। तर, उनी आउने दिननै अदालतबाट अन्तरिम लिएका उनका कानुनी सल्लाहकारले पक्राउ नगर्नु भन्ने आदेश देखाएर भोलिपल्टै छुटाए।

 

त्यसपछि ‘भट्चनलाई एकदिन भएपनि जेल हाल्छु’ भन्ने अभिव्यक्ति दिँदै हिडेकी लामाले हालकी प्रधानमन्त्री सुशील कार्कीसँग भेट गरी आफू पीडित भएको झुटो कहानी सुनाएर उनलाई पक्राउ गर्न भनिन्। महिला हुनुको फाईदा उठाउँदै लामाले प्रधानमन्त्रीलाई समेत प्रभावमा पारे उनले नै कर्जा लिएका बैँक वित्तीय संस्थामा पीजी बसिदिएर सहयोग गरेका व्यक्ति थुनाउन सफल भइन्। उनी आफू भने हजारौँ सहकारीको पैसा लिएर फरार छिन्।

 

बैँक वित्तमा सिआइबीको मनपरी हस्तक्षेप: राष्ट्र बैंकको अधिकार क्षेत्र संकटमा

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited