एकपछि अर्को सीईओ पक्राउ पर्दै, बैंकिङ क्षेत्रको मनोबल खस्कँदै
वि.सं.२०८२ मंसिर १६ मंगलवार
shares
काठमाडौं ।बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को पछिल्लो निगरानी र कारबाहीले बैंकिङ क्षेत्रभित्र व्यापक त्रासको वातावरण सिर्जना भएको छ। एकपछि अर्को बैंकका सीईओ तथा उच्च व्यवस्थापनमाथि पक्राउ र छानबिन सुरु भएपछि बैंकिङ क्षेत्रकै स्थिरता र मनोबलमा असर परेको भन्दै सरोकारवालाहरू चिन्तित छन्।
सूत्रका अनुसार CIB ले अर्को एउटा व्यावसायिक बैंकको कर्जा–अनियमितता सम्बन्धी कागजात समेत अध्ययन गरिरहेको छ। सो बैंकका उच्च व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीले मिलेमतोमा ठूला कर्जाको अपचलन गरेको प्रारम्भिक संकेत भेटिएको र समयअनुसार सो बैंकविरुद्ध पनि अपरेशन चलाउन गृहकार्य भइरहेको बताइएको छ।
यसबीच, केही बैंकका सीईओहरूलाई उजुरी वा राष्ट्र बैंकको सिफारिसबिनै पक्राउ गरिएको भन्दै बैंकिङ क्षेत्रभित्र असन्तुष्टि देखिएको छ। नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र बैंकर्स संघले यसबारे स्पष्ट धारणा नदिँदा बैंकहरूमा अनिश्चितता झनै बढेको छ।
बैंकिङ क्षेत्रका कर्मचारी र व्यवस्थापनले CIB को आकस्मिक प्रवेश र गिरफ्तार कार्यप्रक्रियाले सीईओ तथा अधिकारीहरूको मनोबल कमजोर भएको, निर्णय लिँदा त्रास बढेको र बैंकिङ गतिविधि नै प्रभावित हुनसक्ने चेतावनी दिएका छन्।
कर्जा अनियमितता र अपचलनविरुद्ध कठोर कदम आवश्यक भए पनि नियमन, अनुसन्धान र कानुनी प्रक्रिया स्पष्ट तथा समन्वित हुनुपर्ने आवश्यकता बढेको देखिन्छ।
नत्र भने त्रास र अनिश्चितताले कर्जा प्रवाहदेखि आर्थिक गतिविधिसम्म असर पुर्याउन सक्ने उनीहरूको निष्कर्ष छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
बैँक वित्तमा सिआइबीको मनपरी हस्तक्षेप: राष्ट्र बैंकको अधिकार क्षेत्र संकटमा

































