कसैले नकिनेपछी सिटिजन्सले किन्यो पत्रिकाले दिने ‘बैँक अफ इयर’ को अवार्ड, जनताको पैसामा बाउ- छोराको मस्ती

2.3K
shares
national life insurances
Nabil bank

काठमाडौँ। आन्तरिक किचलोमै अल्झिएको सिटिजन्स बैंक लिमिटेडमाथि नाजुक वित्तीय अवस्थाको ढाकछोप गर्न जनताको पैसाले किनेर पाईने अवार्डको प्रचारप्रसार किनिएकै मिडियामार्फत् गरिरहेका गम्भीर आरोप लागेको छ।

 

सिटिजन्स बैंकले पछिल्लो समय ग्राहकको पैसामा ‘अवार्ड’ किनेको आरोप त खेपिरहेको छ। योसँगै बैँककै खर्चमा अध्यक्ष, सीइओ र उनीहरूको परिवारसमेत अवार्ड लिने बहानामा बेलायत पुगेको घटनाले नियामक निकाय नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ।

सिटिजन्स बैंकले ‘बैंक अफ दि एयर’ अवार्ड पाएको भन्दै प्रायोजित मिडियामार्फत् व्यापक व्यापक प्रचारप्रसार गरेपछि नियामकले सो खर्चका स्रोत, भ्रमण स्वीकृति प्रक्रिया र बोर्डको भूमिकाबारे स्पष्टीकरण खोजिरहेको छ। त्यसमाथि बेलायतको एक पत्रिकाले “अवार्ड मैले पाउँ” भनि दिएको निवेदन र बुझाएको दस्तुरका आधारमा दिने अवार्डलाई वित्तीय क्षेत्रकै सबैभन्दा ठुलो उपलब्धि भन्दै लगानीकर्ता तथा ग्राहक झुक्याउने काम भैरहेको बिषयमाथि राष्ट्र बैँकले चासो देखाएको जनाएको छ।

 

सिटिजन्स बैँकको वित्तीय अवस्था निकै कमजोर छ। बैँकको पछिल्लो वित्तीय विवरणअनुसार मुख्य सूचकांकहरुमा भारी गिरावट आएको छ। बैँक खराब कर्जाको दलदलमा छ। जसका कारण बैँकको नाफा ह्वात्तै घटेको विवरणमा उल्लेख छ । तर, खराव वित्तीय स्थितिको ढाकछोप गर्न एउटा पत्रिकाबाट लिइएको अवार्डलाई उपलब्धि तथा ‘सफलताका प्रमाण’ जस्तै गरी प्रस्तुत गरिनु लगानी कर्ता, ग्राहक तथा समग्र वित्तिय क्षेत्रकै बेइज्जत भएको बैंकरहरु बताउँछन्।

त्यसमाथि कामभन्दा गफ बढी गर्ने, कार्यलयमाभन्दा विदेश भ्रमण तथा धार्मिक तिर्थस्थलको दर्शन गर्नमा बढी व्यस्त हुने भन्दै पटकपटक बैँक संचालकको स्पष्टीकरणमा परेका सीइओले बेलायत पुगेर लिएको अवार्ड कार्यक्रममा आफ्नै छोरालाई समेत सहभागी गराएको विषयले बैंकका लगानीकर्ता आक्रोसित बनेका छन्।

 

 

अध्यक्षबाहेकका संचालकले समेत यसलाई पद तथा अख्तियारको दुरुपयोग भन्दै राष्ट्र बैंकमा औपचारिक उजुरीको दिने तयारी गरेका छन्। बैँकको वित्तीय स्थित असझज अवस्थामा हुँदा उक्त अवार्ड लिन अध्यक्षसमेत बैंककै खर्चमा बेलायत पुगेपछि संचालक समितिमा समेत कित्ता छुट्टीएको छ।

 

बैंकले भने बेलायत भ्रमण अध्यक्ष–सीइओलाई मात्र स्वीकृत भएको र परिवार सहभागी हुनु व्यक्तिगत संयोजन भएको हुनसक्ने बताएको छ।

यथार्थमै वित्तीय अवस्था सुधार गर्न छोडेर करोडौं रुपैयाँ खर्च गरि अवार्ड किनेर प्रचारप्रसार गरी’ बैँक गजब छ’ भन्ने देखाउने प्रवृत्तिले वित्तीय क्षेत्रमा गलत अभ्यासको विकास भएको राष्ट्र बैँककै अधिकारीहरु बताउँछन् । यसबाट नियमन, सुशासन र आन्तरिक स्थायित्वका प्रश्नसँगै अवार्डको विश्वसनीयता र खर्च–प्रक्रियामाथिको पारदर्शितासँगै सिटिजन्स बैंकको वित्तीय संकट झनै गहिरिँदै गएको आशंका गरिएको छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

सिटिजन्स बैंकले बैंक अफ दि इयर अवार्ड किनेको चर्को आरोप,बैंकको प्रचार–प्रसारमाथि छानबिन माग

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited