साल्ट ट्रेडिङ कर्पोरेसनमा अव्यवस्था, अनियमितता र ‘निगरानीहीन साम्राज्य’मन्त्रालय मौन

3.7K
shares
Nabil bank

साल्ट ट्रेडिङ कर्पोरेसनमा अव्यवस्था, अनियमितता र ‘निगरानीहीन साम्राज्य’ काठमाडौँ । आयोडिनयुक्त नुनदेखि दैनिक उपभोग्य वस्तुसम्म सरकारी सहुलियतका नाममा आपूर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड (STC) मा पछिल्ला वर्षहरूमा अनियमितता व्यापक बढीरहेको छ।

 

दुर्गम क्षेत्रमा नुन अभाव, मूल्य–अनियमितता, गुणस्तरसम्बन्धी गुनासो, सेयर–बजारमा नियामक उल्लङ्घनदेखि आन्तरिक शासन व्यवस्थासम्म साल्ट कर्पोरेसनको समग्र संरचना नै ‘निगरानीहीन साम्राज्य’ मा रूपान्तरण हुँदै गएको छ। कालीकोट, बझाङ, हुम्ला, जुम्ला लगायतका जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेसन ले पठाउने नुन समयमै नपुग्ने समस्या दोहोरिनुले यसको कार्यसम्पादनमाथि नै प्रश्न उठाएको छ।

 

त्यसैगरी ठेकदारहरूले ढुवानीकै नाममा बिलिङ बुझाए पनि वास्तविक ढुवानी ढिलो हुने र चाँडो ‘कमिशन लिने बिषयले साल्ट ट्रेडिङ झनै विवाद मा तानिएको छ। त्यस्तै ,गोदाममा पुरानो स्टक राख्ने, नयाँ स्टक थन्क्याउने र कागजमै माल उठाइदिएको देखाउने प्रवृत्ति कम्पनीमा छ। त्यसमाथी कतिपय क्षेत्रको वार्षिक आवश्यकताभन्दा कम नुन पठाइने बिषयले उपभोक्तको अधिकारको ठाडो उल्ल्ङ्घन गरेको छ।

 

उपभोक्ताले “सरकारले नुन पठाएको छैन,” भनेर सुनाइरहे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका गोदाम र बुकमा भने स्टक पर्याप्त देखिने—यही विसंगतिले ढुवानी प्रणालीमा कथित भ्रष्ट नेटवर्क सक्रिय भएको आशंका गरिएको छ। साल्ट ट्रेडिङको आयोडिनयुक्त नुन सरकारी सहुलियतको शीर्षकमा उपलब्ध हुन्छ। तर MRP भन्दा बढीमा बिक्री, हुँदै आएको छ। त्यस्तै स्थानीय डिपोहरूबाट नुन अभाव हुँदा भने ‘ठेक्का समूह’ ले गाउँ–गाउँमा महँगो मूल्यमा सप्लाइ गर्ने गरिएको छ ।

 

साल्ट ट्रेडिङ्ग भित्रै MRP निर्धारणमा पारदर्शिता नहुँदा केही बिचौलियाले प्रत्यक्ष लाभ उठाउँदै आएको जनगुनासो दिनप्रतिदिन बढिरहेको छ। ब त्यस्तै ,जणस्तर परीक्षण र लेबेलिङ सम्बन्धी गुनासो बढ्दो छ। खाद्य गुणस्तर तथा प्रविधि विभागमा दर्ता भएको कम्पनीलेको उजुरी संख्या वर्षेनि बढ्दै गएको तथ्यांकले देखाउँछ। गुणस्तर परीक्षणमै बेवास्ता : आयोडिनयुक्त नुन स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकोले साल्ट ट्रेडिङ कर्पोरेसनले नियमित गुणस्तर परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ। तर परीक्षण विधि पुरानो हुँदा ग्राहक मर्कामा परेका छन्। त्यस्तै कम्पनीको प्रयोगशाला क्षमता सीमित छ। यसले नुनको गुणस्तर मापन प्रभावकारी हुन सकेको छैन ।

 

कम्पनीको आन्तरिक लेखा प्रणाली निकै कमजोर छ। यसले पारदर्शितामाथि जहिल्यै प्रश्न उठ्ने गरेको छ। यो बाहेक नुनका बोरामा अंकित लेबेल, मात्रा र गुणस्तर–मानक ‘फाइलमै पास’ गर्ने प्रवृत्तिले कम्पनीको नेतृत्वमा लामो समयदेखि अड्डा जमाएकी सिईओ उर्मिला श्रेष्ठको क्षमतामाथि प्रश्न उठिरहेको छ। यश सम्बन्धमा विशेषज्ञहरू भन्छन्—”नुनको आयोडिन स्तर घटेमा थाइराइड, गर्भवती र बालबालिकामा दीर्घकालीन समस्या आउँछ, तर  साल्ट ट्रेडिङ कर्पोरेसनको वर्तमान प्रणाली त्यस स्तरको संवेदनशीलताबाट धेरै टाढा छ।” सेयर–बजारमा बारम्बार विवाद : सूचना लुकाएर कारोबार? साल्ट ट्रेडिङ कर्पोरेसन सेयर–बजारमै पनि विवादले घेरीएको छ।

 

NEPSE ले संवेदनशील सूचना समयमै नदिएको भन्दै कयौँ पटक कारोबार रोक लगाएइएको छ। त्यसैगरी वित्तीय विवरण सार्वजनिक गर्दा qualified opinion आउने स्थिति रहेको यस कम्पनीले वित्तीय विवरणमा छेडछ्ड गर्ने गरेको आरोप खेपिरहेको छ। त्यस्तै आन्तरिक लेखापरीक्षण इकाइ फ्लाटमा हुने गरेको छ। लामो समयदेखि कम्पनी मा लगानी गरेका लगानीकर्ताहरू भन्छन् – “साल्ट ट्रेडिङ कर्पोरेसन भित्र सूचना केही व्यक्तिहरूको पहुँचमा मात्रै हुन्छ। लाभांशदेखि नाफा–नोक्सानसम्म ‘इनसाइडर समूह’ ले चलाउने गरेका छन्।’ त्यसैगरी साल्ट कर्पोरेसनमा बोर्ड संरचना बारम्बार विवादित हुने गरेको छ।

 

राजनैतिक भागबण्डामा पदपूर्ति, कार्यकारी प्रमुख परिवर्तन हुने तर व्यवस्थापन प्रणाली उही हुंदा कमजोर कार्यसम्पादन ,जवाफदेही प्रणाली शून्य जस्ता बिषयबाट कम्पनी बाहिर निस्किन सकेको अवस्था छैन। आन्तरिक अडिट रिपोर्ट बोर्डसम्म पुग्दा–नपुग्दासम्मै ‘मिलापत्र’ हुने बिषयले सिईओ उर्मिलामाथी भ्रष्टाचारको आरोप लाग्ने गरेको छ। कम्पनीमा कर्मचारी बढाउन, ठेक्का विस्तार गर्न र ढुवानी दर भुक्तानी गर्नेमाज प्रभावशाली समूहका व्यक्तिगत स्वार्थ सक्रिय हुने आरोप पूर्वअधिकारीहरूले लगाउने गरेका छन्।

 

साल्ट ट्रेडिङ को समस्याको मुख्य जड व्यवस्थापन, पारदर्शिता, ढुवानी सञ्चालन र गोदाम व्यवस्थापनमा देखिएको वर्षौंदेखिको ढिलासुस्ती हो। राजनीतिक हस्तक्षेप हटाएर, डिजिटल ट्र्याकिङ प्रणाली लागू नगरेसम्म र बोर्डलाई पेशेवर नबनाएसम्म सुधार सम्भव नहुने लगानीकर्ताको दावी छ। नुनजस्तो आधारभूत वस्तुमा समेत साल्ट ट्रेडिङ कर्पोरेसनको सेवा कमजोर रहँदा—सीधै उपभोक्ता प्रभावित भएको उनीहरुको गुनासो छ।

 

राज्यले कर्पोरेसनलाई जनसेवाको उद्देश्यले स्थापना गरे पनि अहिलेको अवस्थाले संस्था सहुलियत होइन, ‘अव्यवस्था’ प्रदान गर्ने संरचना बन्दै देखिन्छ । यी यावत बिषयमा बुझ्न हामीले कम्पनीका बजार प्रबन्ध बर्जेस झालाई सम्पर्क गर्यौँ तर उनी ब्लक गरेर फरार भए।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited