स्थानीय विकास तथा प्रशिक्षण प्रतिष्ठानमा कानुनलालले उडाए कानुनको खिल्ली

4.7K
shares
Nabil bank

काठमाडौँ ।स्थानीय विकास तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीविरुद्ध अख्तियार तथा सरोकारवाला निकायमा अयोग्यता र अनियमितताका उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धको उजुरीमा छानबिन गरिरहेको छ ।

 

तर, छानबिनको प्रक्रियाबीच चौधरीले कार्यालयभित्र मनलाग्दी शैलीमा शासन सञ्चालन गरिरहेको कर्मचारीहरूको आरोप छ । त्यही विरोधस्वरूप कर्मचारीहरूले केही समयअघि आन्दोलनसम्म गरेका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका केही अधिकारीसँग नजिकिएको अवसर र आर्थिक प्रभाव प्रयोग गर्दै चौधरीले आफ्ना स्वार्थअनुरूप निर्णय अगाडि बढाइरहेको आरोप कर्मचारीहरूको छ । उनी मन्त्रालयका अधिकारीहरूसँग बेलुकीको भेटघाटमा समेत प्रभावमा पारिएको कुरा गर्वका साथ सुनाउने गरेको स्रोतहरूले बताउँछन् ।
चौधरीको प्रभाव र मनपरीकै कारण प्रतिष्ठानको सबैभन्दा महत्वपूर्ण परिषद् बैठक ७ वर्षदेखि बस्न सकेको छैन । परिषद्को अध्यक्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सदस्य मन्त्रालयका सचिव रहँदै आएको भए पनि मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया नदिएको कर्मचारीहरूको गुनासो छ ।

 

माओवादीका तर्फवाट मन्त्री बनेका अमनलाल मोदीको ‘कृपा’मा चौधरीलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै त्यतिबेलै चर्को आलोचना भएको थियो । औषधि व्यापारमा संलग्न पृष्ठभूमिका चौधरीलाई अनुसन्धान र अध्ययनको जिम्मेवारी रहने प्रतिष्ठानको नेतृत्व दिइनु नै गलत भएको विशेषज्ञहरूको टिप्पणी छ ।

 

अध्ययन तथा अनुसन्धान क्षेत्रका विज्ञ ल्याउनुपर्ने प्रावधान हुँदाहुँदै चौधरीले औषधि व्यवसायीलाई पदाधिकारीका रूपमा नियुक्ति गर्नु, प्रतिष्ठानको रकम अनावश्यक रूपमा खर्च गर्नु तथा कामलाई लथालिग बनाएको गुनासो कर्मचारीहरूले गरिरहेका छन् । त्यसोत स्थानीय विकास तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई गाम्भे सुझाव आएको छ । त्यसको अध्ययनका लागि मन्त्रीपरिषद् बैठकले तयारी गर्ने निर्णय पनि गरिसकेको छ ।

 

तर, आफ्ना अनियमितता ‘थामथुम’ पार्न चौधरी परिषद् बैठक बोलाउने तयारीमा रहेको बताइए पनि परिषद्लाई गाभ्ने प्रस्ताव अघि बढाउन भने उनी तयार नभएको स्रोतहरूले बताएका छन् । कार्यरत कर्मचारीहरूले समेत परिषद् गाभ्न दबाब दिए पनि चौधरीले मन्त्रालयसँग नजिकिएर प्रक्रिया रोकिरहेका छन् ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited