प्रतिनिधिसभा पुनर्स्थापनामा बहुमत जुट्यो, १४३ सांसदको हस्ताक्षरसहित पूरक निवेदन तयारी

1.8K
shares

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा राजनीतिक दलहरूले आवश्यक बहुमत जुटाएका छन्। सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टीका निवर्तमान सांसद तथा केही स्वतन्त्र पूर्वसांसदले हस्ताक्षर गरेका हुन्।

जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अदालतमा मुद्दा कायम राख्न हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा तथा स्वतन्त्र पूर्वसांसद योगेन्द्र मण्डल रहेका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार हालसम्म ६५ जना कांग्रेस सांसदले हस्ताक्षर गरिसकेका छन्। यसअघि नेकपा एमालेले ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको थियो। कांग्रेस र एमालेको हस्ताक्षर जोड्दा १४० सांसद पुग्ने देखिन्छ। त्यसमा अन्य तीन सांसद थपिएपछि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कुल १४३ सांसदको समर्थन अदालतमा पुग्ने भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक संख्या १३८ सांसद हो। हाल जुटेको हस्ताक्षरसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आवश्यक बहुमत सहजै पार भएको छ।

civil hospital
Hams Hospitals