कुलमान घिसिङको स्पष्टोक्ति: ‘म अहिलेसम्म कुनै पार्टीको सदस्य छैन’

1.9K
shares
Nabil bank

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आजको मितिसम्म पार्टी सदस्यता नलिएको दाबी गरे।

“आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन,” मन्त्री घिसिङले भने।

उनको यो स्पष्टीकरण हिजो बसेको मन्त्रिपरिषद् बैठकपछि आएको हो। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा प्रत्यक्ष रूपमा सक्रिय भएका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएको बताइएको थियो।

यसैबीच, कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने समझदारी भएको चर्चा चलिरहेको छ। एकताअघि उनी उज्यालो नेपाल पार्टीमा सक्रिय देखिए पनि रास्वपामा भने हालसम्म औपचारिक रूपमा सक्रियता नदेखाएको उनको भनाइ छ।

राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी चलिरहेका बेला मन्त्री घिसिङको यो अभिव्यक्तिलाई चासोका साथ हेरिएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited