आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

1.2K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

 

गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

 

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals