सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ चैत १६ सोमवार
690
shares
shares
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।





























