राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
वि.सं.२०८२ चैत २४ मंगलवार
774
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। लामो समयदेखि रिक्त रहेको पदमा अन्ततः मन्त्रिपरिषद्ले निर्णय लिएसँगै राष्ट्र बैंकको नेतृत्व तहमा नयाँ नियुक्ति भएको हो।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त रहेको थियो। डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र अवकाश पाएपछि ती पद खाली भएका थिए।
रिक्त दुईमध्ये एक पदमा पण्डित नियुक्त भएका हुन्। अर्को डेपुटी गभर्नर पद भने अझै रिक्त रहेको छ।
यो पढ्न छुटाउनु भयो की:
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौड: बिचौलियाको रोजाइमा किरण पण्डित


























