नर्भिक अस्पतालका चिकित्सक पनि भट्टसँग जोडिए शेयर प्रकरणमा

450
shares

काठमाडौं । बिचौलिया दीपक भट्टसँग सम्बन्धित शेयर वितरण प्रकरणमा नर्भिक इन्टरनेशनल अस्पतालका एक चिकित्सकको नाम पनि जोडिएको पाइएको छ ।

 

उपलब्ध अभिलेखअनुसार चिकित्सक डा. जे.पी. जैसवाल भन्ने जयप्रकाश जैसवालले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरअन्तर्गत १० हजार कित्ता शेयर लिएको देखिन्छ । उक्त कम्पनीको संस्थापक शेयरधनीहरूको विवरणमा उनको नाम उल्लेख छ ।

 

यसअघि नै सरकारी कर्मचारी, पत्रकार तथा तिनका पारिवारिक सदस्यहरूलाई समेत संस्थापक शेयर वितरण गरिएको विषय सार्वजनिक भइसकेको अवस्थामा चिकित्सकसम्म यस्तो पहुँच पुग्नुले प्रश्न उठाएको छ। स्रोतहरूका अनुसार डा. जैसवाल भट्टका पारिवारिक चिकित्सकसमेत रहेको बताइन्छ ।

 

भारतमा अध्ययन गरेका उनले त्यहाँका विभिन्न अस्पतालहरूमा मुटुरोगसम्बन्धी क्षेत्रमा काम गरेको पृष्ठभूमि रहेको छ ।

 

उक्त प्रकरणमा संलग्न भनिएका पक्षहरूबीचको सम्बन्ध र शेयर वितरणको प्रक्रियाबारे थप छानबिन आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ ।

civil hospital
Hams Hospitals