न्यायालय प्रमुख जस्तै मुख्यसचिव खोज्दै सरकार
वि.सं.२०८३ जेठ ५ मंगलवार
shares
काठमाडौँ । न्यायालय प्रमुखका रुपमा सरकारले मनोज शर्मालाई सिफारिस गरे जस्तै प्रशासनिक प्रमुख पनि खोजि भइरहेको छ । हालका मुख्यसचिव सुमन अर्यालको जागिरे अवधि आगामी असार २६ गते उमेर हदका कारण समाप्त हुने भएपछि भावी मुख्यसचिव को बन्ने भन्ने चर्चा हुन थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा अध्यक्ष रवि लामिछानेले यस बिषयमा छलफल थालेका छन् ।
प्रधानन्यायाधीश सिफारिस गरेझैँ नयाँ मुख्य सचिव बनाउने लाइनमा रास्वपाको नेतृत्व र प्रधानमन्त्री छन् । हाल मुख्यसचिव बन्ने लाइनमा कृष्णहरि पुष्कर र र मधुसुदन बुर्लाकोटी छन् । तर, उनीहरुको जागिरे अवधि पनि छोटो छ । त्यसपछि वरिष्ठताको आधारमा किरण शर्माको नाम छ । उनको सेवाअवधि आगामी भदौसम्म मात्रै रहेकाले सरकारले चाहेमा छोटो अवधिका लागि भए पनि मुख्यसचिव बन्न सक्ने सम्भावना रहेको छ । तर, उनी अमेरिकाको पीआरधारी हुन् । उनको श्रीमती र छोरा अमेरिकामा बस्दै आएका छन् ।
शर्माका छोरा र श्रीमती अमेरिकामा भएकाले उनी पनि पटक–पटक अमेरिका जानेआउने गरिरहन्छन् । शर्मालाई निजामती कर्मचारीभित्र अमेरिकी पीआरधारीको रुपमा चित्रित गरिन्छ ।
यद्यपि भावी मुख्यसचिव प्रशासनिक समूहबाट आउने कि प्राविधिक समूहबाट भन्ने विषय अझै स्पष्ट छैन । कर्मचारी वृत्तमा विभिन्न नामहरूको चर्चा भइरहेका बेला अन्तिम निर्णय भने सरकारकै हातमा रहनेछ ।
निजामती क्षेत्रमा यतिबेला नेतृत्वको निरन्तरता, दक्षता र अनुभवलाई कसरी सन्तुलन गर्ने भन्ने प्रश्न उठ्न थालेको छ। प्राविधिक समूहबाट मुख्यसचिव चयन गर्ने हो भने वरिष्ठताका आधारमा गोपाल सिग्देलको नाम पनि चर्चामा रहेको बताइन्छ । तर उनको सेवाअवधि पनि आगामी असोजसम्म मात्रै रहेको चर्चा छ ।
त्यसोत केही मन्त्रालय समायोजन भएका कारण कर्मचारी व्यवस्थापनको बिषयमा पनि अघि आएको छ । त्यसकारण चर्चामा रहेभन्दा फरक व्यक्तिले मुख्यसचिवको कुर्सी भेट्ने बिश्लेषण हुन थालेको छ ।
उता सरकारले आगामी जेठ १५ गतेभित्र आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । बजेटसँगै निजामती प्रशासनमा केही संरचनागत परिवर्तनका विषय पनि चर्चामा छन्। लामो समयसम्म सहसचिव पदमा रहेका कर्मचारीहरूको व्यवस्थापन तथा उमेर हदका कारण केही सचिव र सहसचिव अवकाशमा जाने अवस्था देखिएको छ ।
यसबीच भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर गण्डकी प्रदेश पुगेका डुण्डुराज घिमिरे पनि विभिन्न विषयमा चर्चामा छन् । निजामती क्षेत्रमा इमानदार कर्मचारीका रूपमा चिनिएका घिमिरेको नाम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको छ ।
नेपालमा मुख्यसचिव, सुरक्षा प्रमुख तथा न्यायिक नेतृत्व चयनमा लामो समयदेखि वरिष्ठता र योग्यतालाई आधार मान्ने अभ्यास रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा कार्यसम्पादन, राजनीतिक विश्वास र प्रशासनिक आवश्यकताले पनि निर्णय प्रक्रियामा प्रभाव पार्न थालेको देखिन्छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
समय, क्षमता र नेतृत्वको परिपूर्ण संयोजनः मुख्यसचिवका लागि डा. पुष्कर




























