उपत्यका ट्राफिकमा एसएसपी सुरेश काफ्ले

225
shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा एसएसपी सुरेश काफ्लेलाई काज सरुवा गरेको छ ।

 

 

गृह सचिवस्तरीय निर्णयले त्यहाँ सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको विषयमा विवाद भएपछि काफ्लेको काज सरुवा भएको हो । कोइराला मधेश प्रदेश प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारीमा छन् ।

 

कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमै हुने सरुवा प्रहरीमा निषेध गरिएको छ ।

civil hospital
Hams Hospitals