पाँच डीएसपीको सरुवा, चिकित्सक र आईटी समूहमा नयाँ जिम्मेवारी

801
shares

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी सेवाअन्तर्गत कार्यरत पाँच जना नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयबाट चिकित्सक समूह तथा सूचना प्रविधि (कम्प्युटर) समूहमा कार्यरत पाँच अधिकृतको सरुवा गरिएको हो। सरुवासँगै उनीहरूलाई विभिन्न कार्यालय तथा जिम्मेवारीमा खटाइएको छ।

नेपाल प्रहरीले प्राविधिक सेवाको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

सरुवापछि सम्बन्धित अधिकृतहरूले तोकिएको नयाँ कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी संगठनभित्र आवश्यकता, कार्यसम्पादन तथा जनशक्ति व्यवस्थापनका आधारमा समय–समयमा यस्ता सरुवा तथा पदस्थापन हुँदै आएका छन्।

civil hospital
Hams Hospitals