४० हजार घुससहित नायव सुब्बा पक्राउ

531
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेललाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउका क्रममा कण्डेलको साथबाट घुस रकम ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ।

आयोगले शनिबार उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

civil hospital
Hams Hospitals