राहदानी बिभागका महानिर्देशक अख्तियारको फन्दामा

918
shares

 

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

सुरक्षा स्रोतका अनुसार अर्यालसँगै व्यवसायी सिद्धार्थ थापालाई पनि सादा पोशाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। सिद्धार्थ थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन्।

स्रोतका अनुसार राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

civil hospital
Hams Hospitals