सरकारको सय दिन : ६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत
वि.सं.२०८३ असार २० शनिवार
shares
काठमाडौँ । सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । शनिबार आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् ।
उनले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।
त्यस्तै, सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ । त्यस्तै, काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।
त्यस्तै, सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको बताएको छ । साथै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पु¥याइएको, २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको जानकारी गराइयो ।



























