गणेश नेपाली आत्मदाह प्रयास प्रकरणमा नगर प्रहरी पक्राउ परेको हल्ला मात्रै : नगर प्रहरी प्रमुख विष्णु जोशी
वि.सं.२०८३ असार २६ शुक्रवार
537
shares
shares
काठमाडौं । गणेश नेपालीको आत्मदाह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेको भन्ने समाचार सत्य नभएको नगर प्रहरी प्रमुख विष्णु जोशीले बताएका छन्।
जोशीका अनुसार सामाजिक सञ्जाल तथा केही माध्यममा तीन जना नगर प्रहरी पक्राउ परेको भन्ने हल्ला फैलाइएको भए पनि हालसम्म नगर प्रहरीका कुनै पनि कर्मचारी पक्राउ परेका छैनन्।
यता, घटनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ। अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ र प्रमाण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
नगर प्रहरी प्रमुख जोशीले पुष्टि नभएका सूचना र अफवाह नफैलाउन सबैलाई आग्रह गर्दै तथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न अनुरोध गरेका छन्।


























